सूचना लुकाउनेलाई जरिवाना,’परीक्षा नियन्त्रक परे २० हजार रुपियाँ जरिवानामा”

काठमाडौँ, ११ साउन । आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको हो । रौतहटका राजीव दासले सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनिकाले अटेरी गरेपछि आयोगमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा आयोगले मङ्गलबार जरिवानाको फैसला गरेको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए । दासले निवदेन दिएपछि आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक–पटक लिखित जवाफ मागेको थियो । साथै सूचना उपलब्ध गराउन आदेश पनि दिएको थियो । तर पनि पनिकाले सूचना मागकर्तालाई सूचना उपलब्ध नगराएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र