हामी शासक होइन जनताका सेवक : एमाले जनप्रतिनिधि

काठमाडौँ, ४ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं ।

हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्’ जारी संकल्प प्रस्तावमा भनिएको छ, ‘हामीहरू सदाचारमा नमुना बन्नेछौं । आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं ।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने प्रतिबद्धता एमालेका जनप्रतिनिधिले गरेका छन् । यस्तै, समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्ने संकल्प गरेका छन् । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ, ‘हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिबद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर संकल्प गर्दछौं ।’पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने उल्लेख गर्दै एमाले जनप्रतिनिधिले आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको