हामी शासक होइन जनताका सेवक : एमाले जनप्रतिनिधि

काठमाडौँ, ४ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट पालिकामा विजयी जनप्रतिनिधिहरूले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको संकल्प प्रस्ताव पारित गरेका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न दुईदिने प्रशिक्षणपश्चात् एमालेबाट पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले यस्तो घोषणा गरेका हुन् । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं ।

हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्’ जारी संकल्प प्रस्तावमा भनिएको छ, ‘हामीहरू सदाचारमा नमुना बन्नेछौं । आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं ।’ भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने प्रतिबद्धता एमालेका जनप्रतिनिधिले गरेका छन् । यस्तै, समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्ने संकल्प गरेका छन् । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ, ‘हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिबद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर संकल्प गर्दछौं ।’पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने उल्लेख गर्दै एमाले जनप्रतिनिधिले आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको