मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

काठमाडौँ, २९ जेठ । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमान गरिएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।

जसअनुसार मतदाता नामावलीमा आठ लाख तीन हजार मृतक मतदाताको नाम रहेको आङ्कलन गर्न सकिन्छ ।  रेग्मीले उक्त आँकडामा १० देखि २० प्रतिशतसम्म  त्रुटि ‘मार्जिन’मनासिव हुने सुझाव दिए । उक्त त्रुटि ‘मार्जिन’लाई हटाउँदासमेत मृतक मतदाताको सङ्ख्या करिब छ लाख ४२ हजार हुन्छ । तर निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त तथ्याङ्क अपत्यारिलो रहेको दाबी गरे । उनले यसो भनिरहँदा निर्वाचन आयोगसमक्ष मृतक मतदाता पहिचान गर्ने आधार, सूची र सङ्ख्या अद्यावधिक छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ बस्ने, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार