प्रधानमन्त्री देउवा मतदान गर्न भोलि डडेलधुरा जाने

वैशाख २९, कैलाली: नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मतदान गर्न डडेलधुरा जाने भएका छन् ।

२५ गते धनगढी आएका देउवा डडेलधुरा पुगेर फेरी आज धनगढी फर्किएका थिए ।

उनी भोलि मतदान गर्न डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

उनी भोलि डडेलधुरा आउने कार्यक्रम रहे पनि समय तालिका भने अझै जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् । यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका