वैशाख २७, काठमाडौं: नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्न लागिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।
‘‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागेका हौं।’
आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।
‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौं’ काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाले भने ।
बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो
सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४
साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको