वैशाख २७, काठमाडौं: नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्न लागिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।
‘‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागेका हौं।’
आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।
‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौं’ काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाले भने ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड