पेट्रोलियम पदार्थको मूल्यवृद्धि- उपत्यकामा फेरी बढ्यो गाडी भाडा

नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा  दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो ।

विश्व बजारमा कोरोना महामारी र रुस–युक्रेन युद्धको असर कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पर्दा सार्वजनिक यातायातको भाडादर ६ महिनामै दोस्रो पटक बढेको छ।

यसअघि, बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर काठमाडौं उपत्यकाको भाडादर वृद्धि गरेको थियो । सरकारले विसं. २०७५ सालयता यो वर्षको कात्तिकसम्म सार्वजनिक यातायातको भाडा बढाएको थिएन । जुन, यही वर्षको ६ महिने अवधिमै दोस्रो पटक बढेको हो ।

यसअघि, बागमती प्रदेशको भौतिक, पूर्वाधार विकास मन्त्रालयले उपत्यकाको भाडादर वृद्धि गरेको थियो । उक्त समयमा मन्त्रालयले ०–५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर, यसपटक बागमती प्रदेश अन्तर्गत कै श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाउँदै सोही दूरीमा यात्रा गर्ने यात्रुले २० रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था गरेको हो ।

बागमती प्रदेश सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसको प्रभाव नेपालमा पनि परेको भन्दै भाडा बढाएको हो । यसअघि, कात्तिक १ गतेदेखि बढेको भाडा अब २०७९ वैशाख १ गतेदेखि लागू हुनेछ । यो पछिल्लो ६ महिनामा दोस्रो पटक वृद्धि हो ।

तेलसम्बन्धी जानकारी दिने वेभसाइट क्र्यूडआएल डटकमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा रुस–युक्रेनको युद्ध असरले कच्चा तेलको मूल्य प्रति ब्यारेल १०२ अमेरिकी डलर छ । यस्तै, नेपाली बजारमा पेट्रोलको मूल्य १६० रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर छ ।

पेट्रोलको मूल्यवृद्धिसँगै भाडादर समेत बढाउनुपर्ने भन्दै व्यवसायीहरूले माग राख्दै आएका थिए । यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाउने क्रममा उपत्यकामा पनि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको