जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै नबसी चौथोपटक स्थगित गरिएको छ । यही चैत ९ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक दुई दिनपछि बस्ने गरी सारिएको हो ।
बैठक अब चैत ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि, फागुन १ गतेका निर्धारित बैठक ‘जनयुद्ध’ दिवस मनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आएकाले स्थगित गरिएको थियो ।
यस्तै, फागुन १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो । फागुन २२ गतेका लागि निर्धारित बैठक गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएकाले स्थगित गरिएको थियो ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग