नेपालद्वारा युक्रेनमाथि रुसी आक्रमणविरुद्धको प्रस्तावको पक्षमा मतदान

काठमाडौं, १९ फागुन । नेपालले संयुक्त राष्ट्रसंघको विशेष महासभामा रुसी आक्रमणविरुद्ध मतदान गरेको छ । महासभामा युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित हुँदा नेपालले पक्षमा मतदान गरेको हो ।

नेपालसहित १४१ देशले पक्षमा मतदान गरेका थिए । नेपालका तर्फबाट राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए ।

प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया र इरिट्रियाले मतदान गरेका थिए । चीन, भारत, पाकिस्तान, दक्षिण अफ्रिकासहित ३५ देश तटस्थ बसे । राष्ट्रसंघको महासभामा १९३ देश छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या