विना निष्कर्ष सकियो गठबन्धन बैठक: एमसिसी संसदमा पेस नहुने

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं । प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो ।’

आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन् । गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यि १२ जिल्लामा आज र भोलि विभिन्न भारी वर्षा हुने सम्भावना

 असार १५,काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज

 आज सार्वजनिक हुँदैछ एसइईको नतिजा : यसरी हेर्न सकिन्छ

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक