बालुवाटारले बाँड्यो एमसीसीको पक्षमा माहोल बनाउन ‘पर्चा’

यस्तो अवस्थामा एमसीसीको पक्षमा उभिन कसैसँग नडराउन देउवाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमसीसी राष्ट्रको हितमा छ । कसैसँग डराउनुपर्दैन, एमसीसीको पक्षमा खुलेर लाग्नुपर्छ’, प्रधानमन्त्री देउवाले विहीबार बालुवाटारमै आयोजित कार्यक्रममा भनेका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाको सचिवालयले एमसीसीबारे भ्रम निवाराणार्थ भन्दै ८ पृष्ठको ‘पर्चा’ सार्वजनिक गरेको छ । कुनै सरकारी निकायको छाप र आधिकारिकता नभएको ‘पर्चा’ विहीबार बालुवाटारबाटै वितरण गरिएको हो ।

सो पर्चालाई सरकारको आधिकारिक धारणाका रूपमा सार्वजनिक गर्न प्रधानमन्त्रीको सचिवालयले चाहेको छ । ‘अर्थमन्त्रालयले तयारी गरेको डकुमेन्ट हो । सजिलो होस् भनेर बालुवाटारबाटै बाँडिएको हो’, सो पर्चाबारे प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

कांग्रेस नेता अर्जुनरसिंह केसीको पुस्तक विमोचनमा प्रधानन्त्री देउवाले सरकारका कामहरूको सकरात्मक प्रचार नभएको गुनासो गरेलगत्तै केही पत्रकारहरूलाई सो ‘पर्चा’ बाँडिएको थियो । पर्चामा एमसीसीको पृष्ठभूमि, परिचय, संसदीय अनुमोदनको आवश्यकता र विवादित भनिएका विषयबारे स्पष्टीकरण दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका