दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्जिनियर विमल गुरुङले बताए ।

उनका अनुसार विज्ञ रेनोल्डस्ले गत सन् २००४ मा गर्नुभएको अध्ययनले माथिल्लो तामाकोसीको बाँध÷जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफ रहेकोमा अहिले घटेर दुई हजार २५० घनमिटर प्रतिसेकेन्ड भएको हो । बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको असर कम हुने देखिएको छ । सन् २००४ मा प्रा.डा. रेनोल्डस्ले गरेको अध्ययनमा देखाइएको च्छोरोल्पा तालको छ हजार पाँच सय घनमिटर प्रतिसेकेन्डको सम्भावित जीएलओएफकै आधारमा आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उनले स्पष्ट पारे । आयोजनाको बाँध पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफलाई थेग्ने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय