February 7, 2022

बागमती किनारमा गुरुयोजना विपरीत संरचना

बागमती नदी किनारमा हरियाली प्रवद्र्धन र सौन्दर्यका नाममा विभिन्न धार्मिक तथा सामाजिक संस्थाले सार्वजनिक जग्गा कब्जा गरिरहेका छन् । हरियालीका नाममा टहरा, संस्थाका कार्यालय, भवन निर्माण र विभिन्न धार्मिक सम्प्रदायका मन्दिर स्थापना भइरहेका छन् ।

यी सबै कार्य अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुमतिमा नै भइरहेको छ । समितिले विभिन्न संस्थासँगको सहकार्यमा बागमती कोरिडोरमा केही वर्षदेखि हरियाली प्रवद्र्धनको कार्य थालेको थियो । सोही क्रममा धार्मिक, व्यावसायिक तथा सामाजिक संस्था गरी ३६ वटा संस्थाले पार्क तथा हरियाली प्रवद्र्धनको जिम्मा लिएका छन् ।

कतिपय संस्थाले नगरपालिका र प्रदेश सरकारसँग बजेट ल्याएर हरियाली प्रवद्र्धनको सट्टा नयाँ मठ–मन्दिर निर्माण गरिरहेका छन् । बागमती सफाइ अभियन्ता तथा सिभिल इन्जिनियर भुवन थापाले बागमती सभ्यता संरक्षण नभई हरियालीका नाममा विभिन्न संस्थालाई बागमती किनार जिम्मा लगाउने काम विकास समितिले गरिरहेको बताए । उनले बागमतीको बहाव क्षेत्रलाई साँघुरो बनाउँदै नदी नियन्त्रणमा जोड दिइएकाले नदी किनारका बस्ती वर्षायाममा प्रभावित बन्दै आएको समेत बताए ।

बागद्वारदेखि कटुवालदहसम्म बागमती नदीको लम्बाइ ४८ किलोमिटर छ । नदी किनारमा लगाइएको बिरुवाले हरियाली प्रवद्र्धनसमेत भएको छ । वातावरण अभियन्ता सौरभ ढकालले सहरका नदीमा पर्खाल उठाउनुभन्दा जैविक नियन्त्रणको विधि अपनाउनुपर्ने बताए । त्यसो त सबै नदी किनारमा सडक बनाउने सरकारी योजना नै त्रुटिपूर्ण रहेको धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०