January 28, 2022

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । यो समाचार आर्थिक अभियानदैनिकमा छ ।

एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागको तथ्यांक अनुसार मङ्सिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मङ्सिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ । त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ ।

पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन । फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित