बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोबारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०