बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव

काठमाडौँ, पुस १0 गते । निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन देशभरी एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते बिहीबारका दिन गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताउनुभयो । उहाँले छलफलमा सहमति भएर स्थानीय तहको चुनाबको मिति तोक्ने बताउनुभयो ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार भएको छलफलमा आयोगले आफ्नो गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई जानकारी गराएको थियो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ ले निर्वाचन आयोगले सिफारिश गरेको मितिमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने ब्यवस्था गरेको छ । कानुनी ब्यवस्थाबारे छलफलपछि प्रधानमन्त्री देउवाले आयोगको सिफारिशमा सरकारले मिति तोक्न सहमत हुनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन एकै चरणमा एकै दिन गर्दा उपयुक्त हुने धारणा राख्नुभएको थियो । उहाँले त्यसो गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने, मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुने तथा एक ठाउँको निर्वाचनको परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने तर्क गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको छलफलमा आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय ‘भोटिङ मेशिन’ प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री देउवाले भने उक्त विषयमा समेत दलहरुसँग सहमति कायम गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले सबै क्षेत्रहरुमा प्रयोग गर्न नसकिएपनि केही निश्चित क्षेत्रहरुमा भोटिङ मेशिन प्रयोग गर्दै जाने तर्क गर्नुभयो ।
स्थानीय तह निर्वाचन, ऐन २०७३ र संविधानमा भने स्थानीय तहको निर्वाचन सम्बन्धमा अलग अलग ब्यवस्था रहेको छ । संविधानको धारा २२५ ले पदाधिकारीको कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने ब्यवस्था गरेको छ । तर ऐनको दफा ३ ले भने कार्यकाल समाप्त हुनुभन्दा अगाडि नै निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।
निर्वाचन अबधि र कानुनी ब्यवस्थालाई टेकेर आयोगले बैशाख १४ को मिति प्रस्ताव गरेको हो । बैशाख १४ मा चुनाब गर्न पुस अन्तिमसम्म मिति घोषणा गरिसक्नुपर्नेछ । छलफलमा समेत आयोगका पदाधिकारीले भने बढीमा १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले कम्तिमा १०० दिन निर्वाचन अवधि रहने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।
भेटमा प्रधानमन्त्रीसँगै गृह मन्त्री बालकृष्ण खाँड, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, मुख्यसचिव, गृह सचिव, अर्थ सचिवको उपस्थिति रहेको थियो । आयोगको तर्फबाट प्रमुख आयुक्त थपलियासँगै, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति