राजधानीमा पनि बढ्याे जिका भाइरसकाे जाेखिम, सजगता जरूरी

काठमाडौं, कात्तिक २७  गते । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम शुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ 

तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम शुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो । ‘दिउँसो टोक्ने लामखुट्टले जिका भाइरस सार्छ, यसको सार्ने माध्यम अन्यकोभन्दा खतरा हुन्छ । यौनसम्पर्क र अंग प्रत्यारोपण गर्दा पनि सङ्क्रमित मानिसले अरुमा सार्न सक्छ,’ काफ्ले बताउनुहुन्छ ।
जिका भाइरस सार्ने लामखुट्टेले थोरै ओसिलो पानीमा मात्रै पनि फूल पार्न सक्छ । काठमाडौं जस्तो अव्यवस्थित शहरमा गमला, बाल्टी जस्ता स–साना भाडामा राखिएको सफा पानीमा यो भाइरस सार्ने लामखुट्टे बस्ने गर्दछ । यसकारण यसलाई शहरिया लामखुट्टे पनि भनिन्छ । विशेषगरी, उष्ण प्रदेशीय वायुमण्ल भएको देश र भू–भागमा जिका भाइरसको सङ्क्रमण हुने उहाँ बताउनुहुन्छ ।
सामान्यतया भाइरल रोगहरुको लक्षण टाउको दुख्ने, रुघा लाग्ने, आँखा पाल्ने, नाकबाट पानी आउने जस्ता एउटै लक्षण भएकोले जिका भाइरसको लक्षण छुट्याउन समस्या पर्ने गरेको उहाँले बताउनुभयो । डेंगु सार्ने लामखुट्टले नै जिका भाइरस पनि सार्ने हुँदा यस विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता छ । यससँगै काठमाडौं महानगरपालिकाको स्थानीय तहबाट नै लामखुट्टेको वास स्थान पहिचान गरी लार्भा नष्ट गर्न अत्यावश्यक रहेको र यसका लागि पहल पनि गरिएको उहाँले बताउनुभयो । जिका भाइरस परीक्षण एवं उपचारका लागि किट रहेपनि यसका लागि संघीय सरकारले थप निर्णय गरेर अघि बढ्नुपर्ने र यसका साथै जिका भाइरसबाट हुने क्षति कम गर्न शैक्षिक चेतना पनि अभिवृद्धि गर्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको