महेश बस्नेतको देउवालाई खवरदारी, भक्तपुरको बजेट काटे राजनीतिक द्धन्द निम्तिने

भक्तपुर, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आएको विकास र त्यसको बजेट नकाट्न चेतावनी दिनुभएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान द्वारा शंखधर चोकमा आयोजित नेपाल संवत् ११४२ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै नेता बस्नेतले भक्तपुरको विकासमा आएको बजेटलाई लिएर राजनीतिक द्वन्द्व नबढाउन प्रधानमन्त्री देउवालाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यू, भक्तपुरमा एमालेले गरेको विकास र समृद्धिमा राजनीतिक नगर्नुस् । भक्तपुरमा आएको विकासको बजेट कटौती नगर्नुहोस् । बजेट कटौती भए भक्तपुरका जनताको लागि ठूलो दुर्भाग्य हुनेछ । जुन दुर्भाग्य रोक्न हामी जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं । भक्तपुरको विकासको बजेट कटौती भए त्यसको हिसाव किताव जनताले राख्ने छन् । कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्नेछ । राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यवद्धतालाई आत्मसात् गर्नुस् । प्रधानमन्त्री ज्यूले भक्तपुरको विकासविरुद्ध नवोल्नुस्, कांग्रेसले राजनीतिक द्वन्द्व नगरोस् ।’

विकासको लागि सवै दलको संयुक्त धारणा बनाई अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याउँदै नेता बस्नेतले न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापीकामा देखिएका विकृति र विसंगतिहरुलाई हटाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । एक अर्कामा जुधेर, गाली गरेरभन्दा पनि सहकार्य अहिलेको अपरिहार्य रहेको उल्लेख गर्दै नेता बस्नेतले एउटा पार्टीले गरेका जनमूखी काम तथा योजनाहरु अर्को पार्टीले हटाउन थालेमा द्वन्द्व निम्तने खतरा रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘३०औं वर्ष पछि भक्तपुरले विकासमा कायापलट गर्ने अवसर प्राप्त गरेको छ । तीन वटै तहका सरकारको भक्तपुरको विकासमा अतुलनीय योगदान रहेको छ । हनुमन्ते करिडोर, स्मार्ट सिटी, रंगशाला, खेलमैदान, सभागृह, सांस्कृतिक सम्पदाको निर्माण, स्वास्थ्य क्षेत्रको विकास र विस्तार, सडक निर्माण, सुरुङ्मार्ग निर्माणका लागि नेपाल सरकारले बजेट छुट्याएको छ । म वर्तमान सरकारलाई आग्रह गर्न चाहन्छु, सक्नुहुन्छ भने बजेट थप गरिदिनुस् । यदी थप्न सक्नहुन्न भने बजेट कटौती नगर्नुनुस् । भक्तपुरका ११ वटा सडक काटिएका छन्, ति सडकहरु जोडिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती