अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना संकलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३/९ प्रतिशतमा एन्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा एन्टिबडी बनेको औंल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा एन्टिबडीको तह ८२/३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा एन्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।
त्यसैगरी अध्ययनले एक वा बढी दीर्घरोग भएकाहरूमा पनि एन्टिबडीको मात्रा फरक रहेको औंल्याएको छ। एक मात्र दीर्घरोग भएकाहरूमा ७८ प्रतिशत, दुईवटा दीर्घरोग भएकाहरूमा ७१/६९ प्रतिशत र तीनभन्दा बढी दीर्घरोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो।
खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा एन्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा एन्टिबडीको मात्रा ६३/७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२/४ प्रतिशत थियो।
भेरोसेल खोप लिनेबित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि एन्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा एन्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या