थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

काठमाडौँ, असोज ९ गते । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।
स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।
चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । प्रमुख ज्ञवालीले भन्नुभयो, “अबको नौ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो तर छ/सात महिनामै सक्ने योजनामा छौंँ ।”
उहाँका अनुसार, विद्युतीय स्टेसनबाट कार आधा घण्टामा र बस एक घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफरमर राखिने छ । पहिलो चरणमा ८२ स्थान सूचीकृत भएकोमा ३२ स्थानमा स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माणका लागि स्थान छनोट भइसकेको छ ।

चीनको जियाङ्सु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन बनाउने जिम्मा पाएको छ । प्राधिकरणले आठ महिनाअघि सो कम्पनीसँग निर्माण सम्झौता गरेको थियो ।

स्टेसनको लागत ४० करोड
एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागेको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च लाग्छ । ५० वटा स्टेसन निर्माणका लागत ४० करोड रुपियाँ विनियोजन गरिएको छ । प्रमुख राजमार्ग तथा सवारीको चाप हेरेर एकै स्थानमा दुईवटासम्म चार्जिङ स्टेसन स्थापना गरिने जनाइएको छ ।
हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । त्यस्तै काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा राखिने जनाइएको छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ ।

सुविधा सम्पन्न स्टेसन
चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । स्टेसनमा यात्रुहरू ‘फ्रेस’ हुन खेल तथा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ । खाजा, खानाको समयमा चार्ज गर्न सकिने भएकाले यात्राको समय खर्च हुँदैन । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने छ ।
हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय बसहरूले आ–आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा