कालोधनकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं,असोज ७, सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता, कानुन व्यवसायी, अर्थविद् एवं सम्बन्धित सरोकारवालाहरूले अवैध किसिमले आर्जन गरिएको कालोधन ९स्रोत नखुलेको रकम० शुद्धीकरणको पक्षमा सरकार नै लागेको आरोपसमेत लगाएका छन् ।

उनीहरूले नेताहरूले अर्बपति माफिया पालेको, त्यस्ता माफियाले नेता, कर्मचारी, व्यापारी र लेखा परीक्षकको सहयोगमा अवैध तरिकाले कमाएको कालोधनलाई सेतो बनाउन बजेटमार्फत नै सरकारले व्यवस्था गरको आरोप लगाएका हुन् ।

सम्पत्ति शुद्धीकरणको सवालमा तारन्तार विवाद निम्तने गरेकाले सरकारले बजेटमार्फत नै आगामी २०८० सालको चैतसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयस्रोत नखोजिने व्यवस्था गर्नु कालोधनमा जोडिएको स्वार्थ नै भएको सरोकारवालाहरूको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ । ट्रान्सपरेन्सी नेपालले सो ऐनमा यस्तो प्रस्ताव राख्दा भ्रष्टाचारलाई प्रश्रय पुग्ने, कर छली बढ्ने र कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने भएकाले फिर्ता लिन सरकारसँग माग गरेको हो ।

मुलुकको आर्थिक विधेयकमा नै यस्तो व्यवस्था गरेसँगै सरकार र विशेषगरी अर्थमन्त्री शर्माको व्यापक आलोचना भएको छ । आलोचना थेग्न नसकेपछि अर्थ मन्त्रालयले विज्ञप्तिसमेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद