महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं, भदाै ३१ः अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन । बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् । एकातिर कोरोना महामारीका कारण उपभोक्तासँग पैसा छैन, त्यसमा पनि दिन प्रतिदिन बढ्दो महँगी ।

यो अवस्थामा महँगी नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्ने हो तर सरकार मूकदर्शक बन्दा जनता भने मारमा परिरहेका छन् ।

अब जाऊँ हालको बजार भाउतिर । अहिले बजारमा हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुगेको छ । खाने तेलको मूल्य प्रतिलिटर २ सय ६५ देखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । गत वर्षको लकडाउन अघिसम्म सनफ्लावर तेल प्रतिलिटर १ सय ६५ रुपैयाँमा पाइन्थ्यो । तर, अहिले लिटरमै १ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ । गत वर्षको दसैंताका चिनी प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले ९५ देखि सय रुपैयाँसम्म पुगिसकेको छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार ब्रजाचार्य अहिलेको बजार भाउ सामान्य रूपमा लिन सकिने कारण देख्दैनन् । ‘कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी ढंगले मूल्यवृद्धि गरिरहेका छन्,’ उनको भनाइ छ ।

बज्रचार्यका अनुसार चिनी प्रतिकिलो १० देखि १५ रुपैयाँ वृद्धि भएर ९५ देखि १ रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य लकडाउनयता मात्र प्रतिलिटर सय रुपैयाँ बढेको छ । सनफलावर तेल लकडाउनअघि १ सय ६५ रुपैयाँ पाइन्थ्यो भने अहिले २ सय ६५ रुपैयाँ पुगेको छ ।

पूर्वअध्यक्ष बज्राचार्यले भने, ‘खानेतेलको मूल्यमा सातामै प्रतिलिटर २५ रुपैयाँसम्म वृद्धि भएको छ । एक साताअघि २ सय ३० देखि २ सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको खानेतेल २ सय ६५ देखि २ सय ७० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी धारा तेल ३ सय ५० रुपैयाँसम्म पुगेको छ । कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी रूपमा मूल्यवृद्धि गरेका छन् । बाध्यताले साना खुद्रा व्यापारीले पनि बढाउनुपरेको छ ।’

अहिले बजारमा दैनिक उपभोग्य वस्तु हरियो तरकारी, चिनी, खाने तेल, दाल, चामल, गेडागुडीसमेत सबैको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्ने काम सरकारको हो । तर, सरकारले नियनत्रणका लागि आवश्यक पहल नगर्दा कालोबजारीको मनोबल झन् बढ्दै गएको छ ।

बजार अनुगमन र कारबाहीको अधिकार पाएका सरकारी कर्मचारीलाई नै ठूला उद्योगी र व्यापारीले आफ्नो खल्तीमा राख्ने गरेको आरोप लाग्दै आएको छ । तर, यो आरोप चिर्नका लागि पनि उनीहरूले चित्त बुझ्दो पहल गरेको देखिँदैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेलाबेलामा बजार अनुमगन त गर्छ तर दोषी व्यापारीलाई केही नगर्दा पनि समस्या भएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन चाडपर्वका मुखमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक वृद्धि हुनुमा सरकार नै दोषी रहेको बताउँछन् । सरकारको नेतृत्वमा बसेका राजनीतिक दलहरू नै ठूला व्यापारीसँग मिलर उपभोक्ताको ढाड सेक्न अग्रसर हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

जेनजी आन्दोलन : २३ अर्ब ३९ करोड बराबरको बिमा दाबी

काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

माओवादी केन्द्र समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने

काठमाडौँ, आश्विन ९, २०८२ ।नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

पदाधिकारी बैठकमा प्रचण्डको ४ बुँदे प्रस्ताव : पार्टी पुनर्गठन र विशेष महाधिवेशनको तयारी

काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे