विप्लवद्वारा एमसीसीको विरोध प्रदर्शन

काठमाडौँ,२९ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आज महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरुले माइतीघरमा एमसीसीको बिरोध प्रदर्शन गरेका छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई विवादास्पद एमसीसी अघि नबढाउन चेतावनी दिएका छन् । काठमाडौको खुलामञ्चमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेपाली जनताको विरोध हुँदाहुँदै एमसीसी अघि बढाएर अमेरिकी साम्राज्यवादीको दलाल नबन्न चेतावनी दिएका हुन् । त्यसक्रममा उनले अमेरिकालाई समेत नेपाली जनतासँग एमसीसी लादेर जोरी नखेल्न चुनौती दिए । उनले भने,’हाम्रो राष्ट्रियताको मुद्दामा अमेरिकाले धेरै जोरी नखेले हुन्छ’ ‘जो बाइडेनले २० औं शताब्दीको जनक्रान्ति हेरेका छौ ? आफ्नो मुक्ति र प्रगतिको बाटोमा लम्केका नेपाली जनतामाथि लुटको सपना नदेख्न चेतावनी दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका