रौतहट, । पत्रकारको मोटरसाइकलमा लागु औषध राखेर फसाएको अभियोगमा छानबीनमा तानिएका रौतहटका एसपी सिद्धि विक्रम शाहले रौतहटमा तस्करीको रुट नै चलाएको पाइएको छ ।
रौतहटको गौर नगरपालिका–१, २ मा रहेको गौर भंसार कार्यालय आसपासका क्षेत्रमा पोकामा माल सामान तस्करीका लागि एसपी शाहले सेटिङमा घुमुवा परिचालन गरेर रकम उठाउँदै आएको पाइएको छ । रौतहटको गौरस्थित भन्सार कार्यालयका प्रमुखको मिलेमतोमा गौर भंसार नजिकैबाट तस्करी हुने गरेको स्रोतले बतायो ।
केही महिना अघि मात्रै रौतहट आएका उनले यो नाकाबाटै मासिक लाखौँ रुपैयाँ असुली गरेको स्थानियबासीको आरोप छ । ‘एसपी साहबले यो रुटमा तस्करी गर्नेलाई पैसा लिँदै छाड्न घुमुवा नै परिचालन गर्नुभएको थियो । पत्रकारलाई फसाउन लागु औषध मोटरसाइकलमा राख्ने घुमुवा प्रहरीहरु नै परिचालीत थिए । त्यसमा केही पत्रकारको समेत भाग आउँथ्यो,’ सिमा नाकाबाट विशेष स्रोतले भन्यो ।
एसपी श्रेष्ठले गौरकै १ पत्रकारलाई मोटर साइकलमा लागु औषध राखेर फसाउन आफै निर्देशन दिएको खुलाशा भएको थियो । उनीहरुबीचको अडियो संवाद समेत बाहिर आएपछि उनीमाथि कारबाही अघि बढेको छ । उनलाई हटाएर उनको स्थानमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । यद्धपी प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीसँग शाहको निकट सम्बन्ध भएका कारण उनीमाथि कारबाही हुने विषयमा भने गौरका पीडित पत्रकार विश्वस गर्दैनन् ।
प्रहरी प्रधान कार्यालयले एक जना एसएसपीको नेतृत्वमा छानबीन समिति बनाएको छ ।
हाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा तानिएका शाह राजनीतिक रुपमा पहुँचमा भएका कारण उनीमाथि कारबाही हुनेमा आशंमा पैदा भएको छ । उनलाई जोगाउन उच्च राजनीतिक नेतृत्वबाट दबाव आइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको
२ पुस, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि
पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना