खोप लगाउन पनि सोर्सफोर्स 

काठमाडौं,साउन ९, सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।

तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउ“छन् ।

उनका अनुसार पालिकाले लक्षित समूह नछुट्नेगरी १८ वर्षमाथिकालाई खोप लगाउने निर्णय गरेको पाइएको छ । ‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन,’ डा।गौतमले भने, ‘लक्षित समूहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’ लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्बन्धित जिल्ला वा स्थानीय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई लगाउनसक्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या