एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न,निर्वाचनमा जुट्न आव्हान, फैसला अघि नै सँच्चिन नेपाल पक्षलाई आग्रह

काठमाडौं, असार २० गते । नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

शनिबारको बैठकमा हिजो नै पार्टी अध्यक्ष ओलीले पार्टीको संगठनात्मक प्रतिवेदनबारे स्पष्ट पार्नु भएबमोजिम आजको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजना प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीका  थापाले बताउनुभयाे । बैठकले आगामी असार मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रीय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारिएको थियो ।

एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने छलफल गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो ।यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय आजको एमाले केन्द्रीय कमिटीको बैठकले गरेको ।

यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने थापाले जानकारी दिनुभयाे । एमालेको आजको बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेकाे छ। आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालले निर्णय गरेको थापाले बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको आजकाे  बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई विपक्षी गठबन्धनसँग मिलेर सरकार गठन गर्ने लगायतका विषयमा पार्टी अध्यक्ष ओलीले पुन: स्पष्ट पार्नुभएको र सर्वोच्च अदालतले फैसला गर्नु अगावै नेपाल पक्षलाई सच्चिन र पार्टी एकतालाई जोड दिन पुन: आग्रह गरिएको थापाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे