जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात आजदेखि

गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा बिस्तारै खुला बनाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो । यसअघि पसल खुला गरिएको थियो तर सवारी साधनमा भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडाँैले जनाएको छ । २५ सिट क्षमताभन्दा कमका साना सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी निषेध आदेशअनुसार सार्वजनिक सवारी साधनहरू बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ । उपत्यकामा निषेधाज्ञा थप एक साता  भएको छ । खाद्यान्न पसल साँझ ६ः०० बजेसम्म खोल्न पाइनेछ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना