अझै केही दिन वर्षा नरोकिने

काठमाडौँ, असार ७ गते । अझै केही दिन वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा वर्षा कम हुने भए पनि पूर्ण रूपमा रोकिनसकेको जनाइएको छ ।
मौसमविद् समिरकुमार श्रेष्ठले भन्नुभयो, “अबका केही दिन रोकिँदै वर्षा हुनेछ । केही दिनपछि वर्षा गण्डकी क्षेत्रमा केन्द्रित हुनेछ । केही भेगमा भारी वर्षाको खतरा टरिसकेको छैन ।”
मनसुनी वायुको प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिमी क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने भएको हो ।
सोमबार देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्गलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
पछिल्लो समय महाकाली नदीमा बहाव सतर्कता तह आसपास रहेको र वर्षा नरोकिएकाले बहाव अझ बढ्न सक्ने बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले जानकारी दिनुभयो । हालको अवस्थामा महाकाली नदीका तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
मध्य नेपालका ठूला नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ तर थोरै वर्षाले पनि त्यो ह्वात्तै बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
तराईमा सानो क्षेत्रमा वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आएर डुबान हुने खतरा रहेको छ । यीबाहेक मध्यम स्तरका खोला र खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना उस्तै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तामाकोसी नदीको पानीको बहाव तत्काल बढ्ने सम्भावना नरहे पनि वर्षा भएको खण्डमा बहाव पनि बढ्न सक्ने आकलन गरिएको छ ।

बाढीपहिरोबाट १८ जनाको मृत्यु
मनसुन सक्रिय भएयता बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । यसै अवधिमा २४ जना बेपत्ता भएका छन् भने आठ जना घाइते रहेका छन् ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकमा बेपत्ता भएकामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँ अझै २१ जना हराइरहेका छन् । बाढीपहिरोका कारण २१९ वटा निजी घर पूर्ण रूपमा क्षतिग्रत बनेका छन् । १०४ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग