चारवटा कक्षामा नयाँ पाठ्यक्रम

काठमाडौँ, जेठ २५ गते । चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा १२ बाहेक अन्य सबै कक्षामा नयाँ पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक छपाइ कार्यसमेत पूरा गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी नीतिअनुसार यस पटक चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । अब असार १ देखि नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्न पाउनेछन् । सरकारले यस वर्षको शैक्षिक सत्र असार १ बाट प्रारम्भ गर्ने निर्णय गरिसकेको छ ।
यसपछि २०७९ सालको शैक्षिक सत्रमा तीनवटा कक्षाको पाठ्यक्रम परिवर्तन गरिनेछ । सोअनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारी तयारी छ । त्यसैगरी २०८० सालको शैक्षिक सत्रमा कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरिने जानकारी प्रवक्ता भट्टराईले दिनुभयो । २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू भइसक्ने जनाइएको छ ।
चरणबद्ध रूपमा चार वर्ष लगाएर विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरिने भएको हो । यसअघि सरकारले गत वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । कक्षा १२ को पाठ्यपुस्तक छपाइको काम भने पूरा हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले नयाँ पुस्तक छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाइएको छ ।
सरकारले हालसम्म कक्षा ८ सम्म रङ्गीन पाठ्यपुस्तक कार्यान्वयनमा ल्याइसकेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ९ सम्मका विद्यार्थीलाई रङ्गीन पाठ्यपुस्तक वितरण गर्ने सरकारको तयारी छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सार्वजनिक विद्यालयमा कक्षा ९ सम्म अध्ययन गर्ने बालबालिकालाई रङ्गीन पाठ्यपुस्तक छपाइ गरी शैक्षिक सत्र सुरु हुनुअगावै निःशुल्क वितरण गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल