मन्त्रिपरिषद्ले गर्यो यस्ता तीन महत्वपूर्ण निर्णयहरु

काठमाडौँ, १८ जेठ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यसवर्षको परीक्षा पनि आन्तरिक मूल्याङ्कन (सम्बन्धित विद्यालयको)अनुसार नै गर्ने निर्णय भएको ज्ञवालीको भनाइ छ । बैठकले सरकारले भारतसँग मल खरिद् प्रक्रिया अघि बढाउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले किसानको समस्यालाई निराकरण गर्नेगरी जी टु जी (सरकार–सरकारबीच खरिद् सम्झौता) माध्यमबाट पाँच वर्षका लागि मल खरिद् प्रक्रिया अघि बढाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद् गर्नेगरी सम्झौता गर्ने कुरा भएको छ । त्यो वर्षेनि वृद्धि गर्नेगरी सम्झौताको प्रक्रिया अघि बढाइने छ ।”

मन्त्री ज्ञवालीले सरकारले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउन लागेको जानकारी दिनुभयो । अध्यादेशमा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षा आदि विषय समेटिने बताइएको छ । आजै अध्यादेश जारी हुने अर्का एक मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै