सोमबारदेखि टेलिकमको ‘भीओएलटीई’ परीक्षण

काठमाडौँ, जेठ २ गते । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी/एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) अर्थात् यही सोमबारदेखि परीक्षण सुरु गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो । “अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुनेछ,” अधिकारीले भन्नुभयो, “देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । ” यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महŒवपूर्ण हुने उहाँले बताउनुभयो ।

प्रयोगकर्तालाई के फाइदा ?
टेलिकमले उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा अहिले इन्टरनेट मात्र प्रयोग गर्न सकिन्छ । फोरजी सेवा लिइरहेका ग्राहकले फोन गर्दा त्यो स्वतः थ्रीजी नेटवर्कमा परिणत हुनेगर्छ । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका छैनन् ।
अब भने परीक्षणकै क्रममा कम्पनीका ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्नेछन् । यसरी भ्वाइस कल गर्दा त्यो आवाजको गुणस्तर एचडीस्तरको हुने टेलिकमको दाबी छ । “भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिन्छ,” अधिकारीले भन्नुभयो । यसबाहेक कल सम्पर्क पनि तुरुन्त स्थापित हुने सुविधा यसमा हुने उहाँले जानकारी दिनुभयो ।
आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीर्इैो भ्वाइस गुणस्तर छ गुणा र थ्रीजीको तुलनामा तीन गुणा राम्रो हुनेगर्छ ।
फोरजीका लागि टेलिकमले प्रयोग गरिरहेको आठ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीकोे ‘कभरेज’ क्षेत्र पनि बढी हुने भएकाले नेपालजस्तो ग्रामीण र विकट क्षेत्रमा यो सेवा निकै उपयोगी हुनेछ ।
उक्त ब्यान्डको फ्रिक्वेन्सीको पहुँच रहेको क्षेत्रमा टुजी अथवा थ्रीजी नेटवर्क नभए पनि सम्बन्धित क्षेत्रका स्थानीयवासीले फोरजी प्रविधिको डेटा र भ्वाइस सेवा उपयोग गर्न पाउने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । “यसअघि फोन नै नलाग्ने जङ्गल क्षेत्रमा पनि अब सजिलै फोन गर्न सकिने र उच्च गुणस्तरको डेटा प्रयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
भीओएलटीई प्रयोगकर्ताले कल गरिरहेकै अवस्थामा पनि उच्च गुणस्तरको डेटाको अनुभव गर्न सक्नेछन् । फोन गर्दा अन्य नेटवर्कमा स्विच भइराख्ने अहिलेको परिस्थिति अन्त्य हुँदा मोबाइलको ब्याट्री लाइफ बढेको अनुभव पनि प्रयोगकर्ताले लिन सक्नेछन् ।

सेवा कसरी लिने ?
टेलिकमको भीओएलटीई सेवा लिन सबैभन्दा पहिला तपाईंको मोबाइल सेटमा *444# डायल गर्नुपर्छ । यसरी डायल गर्दा त्यहाँ तीनवटा विकल्प आउनेछन् । जसमध्ये सबैभन्दा माथि फोरजी सेवा सुरु गर्ने विकल्प हुनेछ ।
भीओएलटीई प्रयोग गर्न यो सेवा सुरु गर्नुपर्नेछ । त्यसपछि दोस्रो नम्बरमा भीओएलटीई सेवा सुरु गर्ने विकल्प हुनेछ । सो नम्बर राखेर यो सेवा लिन सकिन्छ । यो सेवा नलिएको भए त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ ।
टेलिकमका अनुसार भीओएलटीई सेवा लिन आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा आठ सय मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल