नेता चौलागाईँको पार्थीव शरीरमा सञ्चारमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

अन्त्यष्टि कार्यक्रममा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित हुनुु भएको थियो । यस अघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुुभएको थियो भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।
नेता चौलागाईँ दोलखाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुु भएको थियो । पार्टी भित्र र बाहिर भद्र, शालिन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित उहाँ संविधान सभा सदस्य हुनुुहुुन्थ्यो । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईँ दोलखाबाट प्रतिनिधिसभा सांसद समेत हुनुु भएको थियो ।
यसैबीच, दोलखा प्रतिनिधिसभाका सांसद समेत रहनुु भएका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईँको निधनप्रति गहिरो दुुःख व्यक्त गर्नु भएको छ । उहाँले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालिन, बौद्धिक अभिभावक गुुमाउनु परेको उल्लेख गर्दै उहाँले देखाउनु भएको बाटोबाटै अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज