बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

काठमाडौँ, वैशाख २२ गते । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।
राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।
पुतलीसडकस्थित नारायण गौतमले विद्यार्थीहरु निकै मारमा परेको बताउँदै भन्नुभयो, “कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित मितिमै परीक्षा हुने हो भने यी विद्यार्थीले न्याय पाउने देखिदैन ।”
गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर/पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन । दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ ।
धनगढीको मनिहरास्थित सरस्वति माध्यमिक विद्यालयकी विज्ञान शिक्षक चन्द्रा दवाडी सुवेदीले कक्षा १० मा ८० प्रतिशतमात्र पठनपाठन सकिएको बताउँदै थप्नुभयो, “छापिएको प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराएर परीक्षा लिने विधि अपनाउँदा राम्रो हुने थियो ।”
गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।
बाराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक पवनकुमार सिंहले विज्ञान, गणित लगायतका विषय अध्यापन पूरा गर्न अझै बाँकी रहेको बताउँदै भन्नुभयो, “सिकाइ पुगेकै छैन । त्यसमाथि निर्धारित मितिमा परीक्षा हुने अवस्था देखिदैन । त्यसैले परीक्षा सार्नु नै उपयुक्त हुनेछ ।”
पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताउनुभयो । “महामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न परीक्षा सञ्चालन गर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन, लिनु हुन्न” उहाँले भन्नुभयो, “सामान्य स्थितिमा साविककै विधि अपनाऔँला तर महामारीमा गत वर्षकै जस्तो विधि अपनाउन सकिन्छ । चार, पाँच महिना त कक्षाकोठामा अध्यापन गरेकाले शिक्षकले विद्यार्थीको ल्याकत बुझेका छन् । त्यसैका आधारमा मूल्याङ्कन गर्न सकिन्छ तर शिक्षक इमान्दार हुनुपर्दछ ।”
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गर्दै थप्नुभयो, “छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध साधनस्रोतका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्नेछ ।”
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले अहिलेको अवस्था हेर्दा छिटै समस्याबाट पार पाइने नदेखिएको बताउँदै परीक्षा लिने नै भए प्रश्नपत्र विद्यालयलाई नै पठाइदिएर परीक्षा उसैले लिने विधि अपनाउनुपर्ने सुझाव दिनुभयो । “गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्न पनि सकिन्छ तर बढी अङ्क दिने बद्माशी हुन सक्दछ । त्यसैले यसलाई निगरानी गर्ने संयन्त्र तयार गर्नुपर्दछ ।”
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आफूहरु छलफलमै रहेको बताउँदै भन्नुभयो, “अवस्था हेरेर यो महिनापछि मात्र निर्णय गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य