आर्थिक रूपान्तरणको दस वर्षे मार्गचित्र सार्वजनिक

काठमाडौँ, चैत २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रूपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको दस वर्षमा के कस्ता गतिविधिमार्पmत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासङ्घले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो ।
वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर बराबरमा पु¥याउने लक्ष्य राखेको छ । त्यस्तैगरी २२ लाख थप रोजगारी सिर्जना र व्यापार घाटा ५० प्रतिशतले घटाउने परिमाणात्मक लक्ष्य यसमा राखिएको छ ।
पूर्वाधार र औद्योगिक विकासमा पर्याप्त लगानी गर्दा वर्तमान ३३ अर्ब डलरको अर्थतन्त्रलाई एक दशकमा तीन गुणा विस्तार गर्ने सपना मार्गचित्रमा राखिएको छ । यो उपलब्धि हासिल गर्न वार्षिक औसत १२ प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने र त्यो सम्भव हुनेसमेत उल्लेख छ । नेपालमा हरेक वर्ष पाँच लाख श्रमयोग्य शक्ति तयार हुने भए पनि दुई लाखले मात्र रोजगारीको अवसर पाउने गर्छन् । रोजगारी उपलब्धताको यो दरलाई हरेक वर्ष दोब्बर गर्न सकिने रूपान्तरणको योजनामा उल्लेख छ ।
संवेदनशील यी मूल लक्ष्य प्राप्तिका लागि महासङ्घले १० वटा प्राथमिकताका क्षेत्र हुने उल्लेख गरेको छ । कोभिडपछिको उत्थान, सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण अन्तर्राष्ट्रिय व्यापार विस्तार र पूर्वाधार विकासमा खास ध्यान दिएर लगानी गर्नुपर्ने देखाइएको छ । त्यसैगरी जिम्मेवार निजी क्षेत्र, नवप्रवर्तनकारी गतिवधि विस्तार, लगानी प्रवद्र्धन, नीतिगत सुधार, मानव स्रोतको उचित व्यवस्थापन र क्षमता विस्तारलाई मुख्य क्षेत्र मानिएको छ ।
महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको तुलनात्मक अध्ययनसमेतका आधारबाट तयार पारेको रूपान्तरणको यो योजनामा सयवटा प्रयासलाई सूचीकृत गरिएको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाका अनुसार ४० वटा तत्काल कार्यान्वयनमा ल्याउन सकिन्छ ।
कोरोना महामारीका कारण थलिएका उद्योगको पुनरुत्थानबाट तत्काल सुरु गर्न सकिने देखिएको यो मार्गचित्रमा लगानी तथा उद्यम क्षेत्रका ३३ वटा कानुन तथा नीतिगत व्यवस्थालाई सुधार गर्नुपर्ने देखाइएको छ । त्यस्तैगरी लगानी विस्तारका लागि लगानी प्रवद्र्धन तथा विकास केन्द्रको स्थापना स्वदेशी तथा विदेशी लगानीका लागि छुट्टाछुट्टै मार्गचित्र आउनुपर्ने उल्लेख गरिएको छ । उद्यम–व्यवसाय गर्नेले सरकारकै आलोचना गर्ने र आफ्नो खास भूमिकामा चुक्ने गरेको आरोप लाग्ने गरेकामा त्यसलाई चिर्नेगरी निजी क्षेत्रको योगदान पनि किटान गरिएको छ । १० वर्षको यो अवधिमा १०८ अर्ब रुपियाँ थप लगानी गर्न निजी क्षेत्र तयार हुनुपर्नेछ । त्यस्तै राज्यले अख्तियार गरेका दिगो विकास लक्ष्यका लागि लिएका प्रतिबद्धतालाई पूरा गर्ने दायित्वबोध निजी क्षेत्रले पनि लिनुपर्ने औँल्याइएको छ ।
उद्यम–व्यवसायमा नैतिकता कार्यान्वयन र संस्थागत सुशासन सुधारमा पनि निजी क्षेत्रले सुधार गर्नुपर्ने देखिएको छ । स्वदेशमा रोजगारी उपलब्धता कम हुने र भएका अवसर पनि विदेशी खासगरी भारतीयले अवसर पाउनेजस्ता अवस्था औद्योगिक क्षेत्रको रोजगारीमा प्रबल छ । रोजगारीको वर्तमान उपलब्धतालाई दोब्बर गर्न सर्वप्रथम राष्ट्रिय जनशक्ति सर्वेक्षण, क्षमता विकास, श्रमको उत्पादकत्वका आधारमा पारिश्रमिक, महिला उद्यमशीलताजस्ता प्रवद्र्धनकारी उपाय अवलम्बन गरिनुपर्ने औँल्याइएको छ ।
उद्यमशीलता विकास निर्यात प्रवद्र्धन रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको दिगो विस्तार गर्ने लक्ष्य राखिएको यो रूपान्तरण योजनाले सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकता दिएको छ । नेपालमा उद्यम–व्यवसाय स्थापना तथा सञ्चालन सहजताका हिसाबले असहज रहेको बताइन्छ । इजअफ डुईङ बिजनेस प्रतिवेदनमा नेपाल विश्वका १९० मध्ये ९४औँ मुलुकमा पर्छ । सन् २०१९ मा यो स्तर ११० मा थियो ।
नेपालले यस आधारमा प्रगति हासिल गरेको देखिन्छ तर यति नै अवस्थामा सरोकारवाला सन्तुष्ट छैनन् । महासङ्घले तयार गरेको यो मार्गचित्रअनुसार व्यवसाय सहजता केन्द्र स्थापना, विद्युतीय शासकीय प्रणालीको कार्यान्वयन, सम्पत्तिको स्वेच्छिक घोषणा, भन्सार तथा अन्य खर्च न्यूनीकरण, वित्तीय व्यवस्थापनमा रचनात्मक विधिहरूको कार्यान्वयनजस्ता उपाय अवलम्बन गरिनुपर्ने देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति