२०७७ चैत २६ गते,काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जात्रा नरोक्न अन्तरिम आदेश भएको र त्यसको लिखित आज आउने जानकारी दिए ।
चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ । चैत्र २२ गते भक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।
गत वर्ष पनि कोभिडका कारण जात्रा हुन सकेको थिएन ।
भक्तपुरको ऐतिहासिकता झल्किने गरि सम्पन्न गर्ने
मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोरोनाको कारण गतसाल रोकिएको यो ऐतिहासिक बिस्केट जात्रा यो साल भब्यरुपमा भक्तपुरको ऐतिहासिकता झल्किने गरि मध्यपुरमा सम्पन्न गर्ने र सवै जनसमुदायलाई उपस्थिति हुन समेत आह्वान र शुभकामना व्यक्त गरेको छन् । विश्वकै एकमात्र महत्वपुर्ण यस जात्रामा सर्तकतापुर्वक सहभागिता जनाउन, कपडाको जुत्ता लगाउन, होसियारीपुर्वक अविर खेल्न अनुरोध गर्दै जथाभावि होडि बोर्ड नराख्न समेत मेयर मदन सुन्दर श्रेष्ठले अनुरोध गरेका छन् ।
बिस्केट जात्रा रोक्नु भनेको धर्मयुद्ध गराउन खोज्नु हो : बुद्धकृष्ण
यो जात्रामा निरन्तर सातौं पटकसम्म जिब्रो छेडी अव आठांैं पटक समेत जिब्रो छेड्ने तयारी गरेका बुद्धकृष्ण बाग श्रेष्ठले आउने बेशाख २ गते जिब्रो छेड्ने तयारी गरेको बताएका छन् । उनका अनुसार यो जात्राले हाम्रो संस्कार, सँस्कृति, कला र परम्परा बचाउँदै पर्यटन अभिबृद्दिको लागि समेत महत्वपुर्ण रहेको छ । उनले जोड दिंदै भनेका छन् कि यस्तो महत्व बोकेको बिस्केट जात्रा रोक्नु भनेको धर्मयुद्ध गराउन खोज्नु हो, हामी सवै नेपालीहरुले आप्mनो सँस्कृति, परम्परा र कलाको जोगर्नाको लागि जस्तोसुकै चुनौतिको पनि सामना गरेर पनि आप्mनो परम्परा र सँस्कृतिको रक्षा गर्नु पदर्छ र नेपालमा आउने पर्यटकहरु याहाँका नेताहरुका मुख हेर्न नभएर नेपालको मौलिक परम्परा, सँस्कृति, कला र प्रार्कतिक वनावट हेर्न आएको हुन् भन्दै यस ऐतिहासिक जात्राको उपलक्ष्यमा सवै नेपालीलााई शुभकामना दिंदै स्वस्फुर्तरुपमा उपस्थिति जनाएर यो जात्रालाई सफल पार्न शुभकामना समेत व्यक्त गरेका छन् ।
बुद्धकृष्ण बाग श्रेष्ठ विगत २० वर्षदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ ठीमीमा एम्बुलेन्स चालक पदमा कार्यरत छन् । नीज श्रेष्ठ कोरोना संक्रमणको महामारीको समयमा समेत निडर भएर कोरोना विमारीको सेवाको लागि जोखिम मोलेका ऐतिहासिक सामाजिक र सम्मानित व्यक्ति हुन् ।
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना