बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश,धर्मयुद्ध चाहनेले रोक्न खोजे: बुद्धकृष्ण

 २०७७ चैत २६ गते,काठमाडौं । भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जात्रा नरोक्न अन्तरिम आदेश भएको र त्यसको लिखित आज आउने  जानकारी दिए ।

 चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ । चैत्र २२ गते भक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले  जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।

गत वर्ष पनि कोभिडका कारण  जात्रा हुन सकेको थिएन ।

भक्तपुरको ऐतिहासिकता झल्किने गरि सम्पन्न गर्ने मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कोरोनाको कारण गतसाल रोकिएको यो ऐतिहासिक बिस्केट जात्रा यो साल भब्यरुपमा भक्तपुरको ऐतिहासिकता झल्किने गरि मध्यपुरमा सम्पन्न गर्ने र सवै जनसमुदायलाई उपस्थिति हुन समेत आह्वान र शुभकामना व्यक्त गरेको छन् । विश्वकै एकमात्र महत्वपुर्ण यस जात्रामा सर्तकतापुर्वक सहभागिता जनाउन, कपडाको जुत्ता लगाउन, होसियारीपुर्वक अविर खेल्न अनुरोध गर्दै जथाभावि होडि बोर्ड नराख्न समेत मेयर मदन सुन्दर श्रेष्ठले अनुरोध गरेका छन् ।

बिस्केट जात्रा रोक्नु भनेको धर्मयुद्ध गराउन खोज्नु हो : बुद्धकृष्ण

यो जात्रामा निरन्तर सातौं पटकसम्म जिब्रो छेडी अव आठांैं पटक समेत जिब्रो छेड्ने तयारी गरेका बुद्धकृष्ण बाग श्रेष्ठले आउने बेशाख २ गते जिब्रो छेड्ने तयारी गरेको बताएका छन् । उनका अनुसार यो जात्राले हाम्रो संस्कार, सँस्कृति, कला र परम्परा बचाउँदै पर्यटन अभिबृद्दिको लागि समेत महत्वपुर्ण रहेको छ । उनले जोड दिंदै भनेका छन् कि यस्तो महत्व बोकेको बिस्केट जात्रा रोक्नु भनेको धर्मयुद्ध गराउन खोज्नु हो, हामी सवै नेपालीहरुले आप्mनो सँस्कृति, परम्परा र कलाको जोगर्नाको लागि जस्तोसुकै चुनौतिको पनि सामना गरेर पनि आप्mनो परम्परा र सँस्कृतिको रक्षा गर्नु पदर्छ र नेपालमा आउने पर्यटकहरु याहाँका नेताहरुका मुख हेर्न नभएर नेपालको मौलिक परम्परा, सँस्कृति, कला र प्रार्कतिक वनावट हेर्न आएको हुन् भन्दै यस ऐतिहासिक जात्राको उपलक्ष्यमा सवै नेपालीलााई शुभकामना दिंदै स्वस्फुर्तरुपमा उपस्थिति जनाएर यो जात्रालाई सफल पार्न शुभकामना समेत व्यक्त गरेका छन् ।

बुद्धकृष्ण बाग श्रेष्ठ विगत २० वर्षदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ ठीमीमा एम्बुलेन्स चालक पदमा कार्यरत छन् । नीज श्रेष्ठ कोरोना संक्रमणको महामारीको समयमा समेत निडर भएर कोरोना विमारीको सेवाको लागि जोखिम मोलेका ऐतिहासिक सामाजिक र सम्मानित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन