पातञ्जल विपद राहत कोषमा एकैदिनमा २० लाख भन्दा बढी सहयोग ः ५ वर्षभित्र १ करोड पुर्याइने

भक्तपुर,नबराज काफ्ले,०७७ चैत्र २६ ः पातञ्जल योग समिति नेपालले ५ वर्षभित्र १ करोड रकम पु¥याउने लक्ष्यका साथ पातञ्जल विपद राहत कोषको स्थापना गरेको छ । झण्डै २१ लाख रकम संकलन भैसकेको कोषमा पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल,पातञ्जल योग समिति नेपालका सल्लाहकार दिपक भण्डारी एवं पूर्व जिल्ला शिक्षा अधिकारी शंकर मानन्धर र उहाँको धर्मपत्नी नारायणी मानन्धरले ५–५ लाख रकम चेक मार्फत सो कोषको लागि एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् ।
विपद राहत कोषमा १ सय देखि ५ लाख सम्म सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई सम्मान पत्र,दोसल्ला एवं रुद्राक्षमाला द्धारा सम्मान समेत गरिएको छ । सहयोग हस्तान्तरण एवं सम्मान कार्यक्रमका विच केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीबाट डा.हरि प्रसाद पोखरेललाई कोषको संरक्षकको भूमिकामा रहीदिन गरिएको आग्रह स्वीकार गरिदिनुभएकोमा डा.पोखरेल प्रति विशेष आभार एवं धन्यवाद समेत प्रकट गरेका छन् ।
विपद राहत कोषको लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्र्दै चाँगुनरायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले धेरै मान्छेहरुले चिरकाल सम्म सम्झीरहने परोपकारी कार्य गरेकोमा पातञ्जल योग समिति नेपाल र सहयोगीदाताहरुलाई बधाई एवं धन्यवाद प्रकट गरेका छन् । साथै मेयर मिश्रले राहत कोषलाई पारदर्शिता विधिबाट अगाडि बढउन अपिल गर्दै चाँगुनारायण नगरपालिकामा जन्मभै देशव्यापी योग जागरण अभियान सञ्चालन गर्दै गरेको पातञ्जल योग समिति नेपाल सँग योगजागरणको सन्र्दभमा नगरपालिकाले विशेष सहकार्य गरेर अगाडि बढ्ने उदघोष समेत गरेका छन् ।
त्यसैगरि डा.हरि प्रसाद पोख्रेलले नेपालमा जन्मिएको योग उत्तरमा चिन र दक्षिणमा भारत हुँदै आज विश्वका २ सय भन्दा बढी देशमा पुगिसकेको अवस्थामा अब पातञ्जल योग समिति नेपालले राष्टिय गौरवको यो सन्देशलाई ति राष्ट्रहरुमा पु¥याउन तदारुकताका साथ लागिपर्नु पर्नेमा जोड दिए । त्यसैगरि डा. पोखरेलले ठुला विपदहरु धेरै समयको अन्तरालमा आउन सक्छ तर हरेक क्षेण,हरेक पल आउने विपदको लागि पनि राहत कोष विशेष सहयोगी हुनु पर्ने बताए । राहत कोषको रकमलाई वृद्धि गरि देशको हरेक वडामा सो कोष स्थापना गर्नुपर्ने आवाश्यकता रहेको औल्याउदै डा.पोखरेलले हप्ताको कम्तीमा रु १ सय सो कोषमा सहयोग गर्न प्रत्येक पातञ्जल योग समिति नेपालका अभियान्ताहरुलाई आहवान समेत गरेका छन् । हप्ताको कम्तीमा एक दिन उपवास बस्ने अभ्यास गरेमा सो रकम व्यवस्थापन गर्न सकिने सुझाव दिदैं उपबासबाट शरीर स्वस्थ, दीर्घजीवी समेत हुने वैज्ञानिक तथ्य सहितको धारणा डा. पोखरेलले प्रस्तुत गरेका थिए । । कार्यक्रमका विच डा. पोखरेलले अब उप्रान्त हप्ताको रु १ सय सो कोषको लागि सहयोग गर्ने उदघोष गरेका छन् ।
सुर्यविनायक नगरपालिकाका नगर उप प्रमुख एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार जुना वस्नेतले पातञ्जल योग समिति नेपालले थालनी गरेको यो अभियानमा सुर्यविनायक नगरपालिका एवं आफ्नो व्यक्तिगत सहयोग एवं सहकार्य रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
विपद राहत कोष स्थापनाको लागि विशेष संयोजनकारी भुमिका निभाएका पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल एवं उहाँको धर्मपत्नी पातञ्जल योग समिति नेपालका आजीवन सदस्य असलमाया सुवालले ५ लाख रकममा थप गर्दै हरेक हप्ता रु १–१ सयको दरले सो कोषमा रकम सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
त्यसैगरि सो कोषमा रु ५ लाख सहयोग गरेका पूर्व जिल्ला शिक्षा अधिकारी शंकर मानन्धरले आफ्नो धर्मपत्नी नारायणी मानन्धर समेतको नामबाट हरेक हप्ता रु १ सयको दरले ५ वर्षसम्म सो कोषको लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पातञ्जल योग समिति नेपालका सल्लाहकार एवं पातञ्जल विपद राहत कोषका अध्यक्ष दिपक भण्डारी,सोहि कोषका उपाध्यक्ष केशव ताम्राकार,कोषाध्यक्ष गीता प्रसाद नेपालले विपद राहत कोषमा सहयोग पु¥याउने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै समाजमा रहेका दीन दुःखी,असहाय बृद्ध–बृद्धा,अन्धा–अपाङ्ग,वेवारिसे मानव,असहाय वालवालिका एवं दैवी–प्रकोप,महामारी तथा अप्रत्यासित दुर्घटनामा परी खर्च अभावले उपचार गर्न नसकेका,भोजनको अभावले भोकै बस्ने लगायतमा सेवा गर्ने उद्धेश्य हेतु सञ्चालनमा ल्याईएको कोषमा सहयोग गर्न सम्पुर्ण सहयोगीमनहरुमा अपिल गरेका छन् ।
पातञ्जल योग समिति नेपालका महासचिव नबराज काफ्लेले सञ्चालन गरेको सहयोग हस्तान्तरण एवं सम्मान कार्यक्रममा पातञ्जल योग समिति नेपालका कोषाध्यक्ष एवं सहकोषाध्यक्ष जानुकादेवी भट्टाराई र शकुन्तला श्रेष्ठ,सोया नेपालका कार्यकारी निर्देशक पहलमान श्रेष्ठ,योग जिल्ला समन्वय समिति भक्तपुरका सदस्य सरिता भुजु,पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्यहरु रामनाथ अधिकारी,राममणी न्यौपाने,योग प्रसाद आचार्य,रज्जु सापकोटा,केन्द्रिय सल्लाहकारहरु रमेश पन्त,मेनुका प्रधान,आजीवन सदस्य प्रज्ञा न्यौपाने,राष्ट्रिय संगीत तथा गायककार बद्रीनारायण ताम्राकार,पातञ्जल वाग्मती प्रदेश सदस्य उमेश सैजु,पातञ्जल योग समिति भक्तपुर उपाध्यक्ष एवं केन्द्रिय युवा तथा अतिरिक्त क्रियाकलाप विभाग सदस्य बुद्धलक्ष्मी किसि,पातञ्जल योग समिति भक्तपुर सचिव एवं केन्द्रिय सूचना तथा प्रचार प्रकाशन विभाग सदस्य श्रृजनामल्ल ठकुरी,जिल्ला सहसचिव एवं केन्द्रिय युवा तथा अतिरिक्त क्रियाकलाप विभाग सदस्य शुरेस थापा, पातञ्जल योग समिति भक्तपुर कोषाध्यक्ष एवं केन्द्रिय आर्थिक विभाग सदस्य रन्जिता हमाल, मध्यपुर ठिमी नगरपालिका स्थित हिमालय आधारभुत विद्यालयका शिक्षिका ईन्दु लम्साल,पातञ्जल केन्द्रिय कार्यालय व्यवस्थापक केदार प्रसाद काफ्ले,केन्द्रिय सूचना तथा प्रचार प्रकाशन विभाग सदस्य एवं चाँगु नगर अध्यक्ष सुर्वण हमाल, पातञ्जल केन्द्रिय प्रशिक्षण विभाग सदस्य एवं जिल्ला सदस्य तुलसी पहाडी,पातञ्जल केन्द्रिय संघ संस्था समन्वय समिति सदस्य एवं भक्तपुर जिल्ला सदस्य उमेशमान मधिकर्मी,जिल्ला सदस्य एवं भक्तपुर नगर अध्यक्ष बालकृष्ण प्रधान,पातञ्जल भक्तपुर जिल्ला सदस्यहरु सन्ध्या झा,मैया मल्ल,निरा दाहाल,केशव न्यौपाने,शुभकामना सामुहिक योग साधना केन्द्रका संयोजक कान्छीमैया प्रजापति,चक्रपाणी योग साधना केन्द्रका संयोजक कमल केसि,जस्तीज योग साधना केन्द्रका संयोजक राधिका देवी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड