भृकुटीमण्डपमा मेगा सभाहल बनाउन प्रस्ताव

सभाहल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न समाज कल्याण परिषद्सँग छलफल गरी प्रक्रिया अगाडि बढाउन महानगरको कार्यपालिकाले निर्णयसमेत गरिसकेको छ । सभाहल निर्माण गर्ने भनिएको जग्गा समाज कल्याण परिषद्को स्वामित्वमा रहेको छ । भृकुुटीमण्डपको २१४ रोपनी जग्गा परिषद्को स्वामित्वमा छ ।
काठमाडौँ महानगरपालिका, भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भृकुटीमण्डप क्षेत्रमा मेगा सभाहल निर्माणका लागि महानगरपालिकाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै समाज कल्याण परिषद्बाट महानगरमा जग्गाको स्वामित्व हस्तान्तरण हुनेबित्तिकै निर्माण प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महानगरको निर्णयअनुसार समाज कल्याण परिषद्लाई यसै महिनाभित्र पत्र पठाइन्छ र त्यसपछि परिषद्ले जग्गा उपलब्ध गराउनेबारे नीतिगत निर्णय गरेपछि जग्गा अधिग्रहणबारे छलफल अगाडि बढ्छ ।” भृकुटीमण्डपको जग्गाबाट वार्षिक रूपमा हुने आम्दानीबारे यकिन तथ्याङ्क परिषद्ले महानगरलाई उपलब्ध गराएको छैन ।
परिषद्ले आफ्नो आयआर्जनको मुख्य स्रोत नै भृकुटीमण्डपको जग्गा भाडाबाट प्राप्त हुने रकम हो भन्दै आम्दानीको स्रोतको सुनिश्चितता भएमा मात्र महानगरलाई सो जग्गा उपलब्ध गराउनेबारे छलफल गर्न सकिने बताएको पूर्वाधार विकास विभाग प्रमुख थापाले बताउनुभयो ।
महानगरपालिकाले भृकुटीमण्डपमा सभाहल निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा गरिसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न बाँकी छ । जग्गा अधिग्रहणबारे समाज कल्याण परिषद्सँग टुङ्गो लागिसकेपछि डीपीआरको काम अगाडि बढाउने थापाले बताउनुभयो । डीपीआर निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरेको छ ।
सो स्थानमा तीन हजार जना क्षमताको एउटा मेगाहल हुनेछ भने एक हजारदेखि दुई हजार जना क्षमताका अन्य पाँचवटा हल निर्माण गरिने छ । त्यसैगरी २०÷२५ जना बसेर गोष्ठी छलफल गर्न मिल्ने साना–साना हलसमेत निर्माण गरिने छ । त्यसैगरी दुई हजार चार पाङ्ग्रे सवारी साधन अट्न सक्ने पार्किङस्थलसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
समाज कल्याण परिषद्का सदस्यसचिव पुष्कर खातीले भृकुटीमण्डपमा मेगा सभाहल निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको प्रस्ताव अहिले छलफलका क्रममा रहेको जानकारी दिनुभयो । उहाँले भृकुटीमण्डप क्षेत्रलाई सौन्दर्यसहितको खुला ठाउँका रूपमा विकास गर्ने सरकारको समेत नीति रहेको अवस्थामा सो ठाउँमा मेगा सभाहल निर्माण गर्नु उपयुक्त हुन्छ वा हुँदैन, सरकारले नै निर्णय गर्नुपर्ने हुन सक्छ भन्नुभयो । उपत्यकाको मौलिक वास्तुकलाका आधारमा सभाहलको प्रारम्भिक डिजाइन गरिएको महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा