पेन्सनको भार : आठ महिनामा साढे ३६ अर्ब रुपैयाँ सकियो

काठमाडौं,चैत ४, अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको गत फागुन मसान्तसम्ममा अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सनबापत कुल ३६ अर्ब ४६ करोड ६७ लाख ९३ हजार ३ सय ६३ रुपैयाँ खर्च गरेको हो ।

लामो समय सरकारी जागिर खाएर उमेर पुगेपछि अवकाश प्राप्त कर्मचारीलाई प्रदान गरिने पेन्सन रकममध्ये सो अवधिमा निजामती, प्रहरी, सेनातर्फका अवकाश प्राप्त कर्मचारीका लागि २८ अर्ब ४ करोड ७५ लाख ६५ हजार ४ सय ५६ रुपैयाँ खर्च भएको छ भने अवकाश प्राप्त शिक्षकका लागि ८ अर्ब ४१ करोड ९२ लाख २७ हजार ९ सय ७ रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्ष २०७६-७७ मा सो शीर्षकमा कुल ५३ अर्ब १ करोड २९ लाख ७ सय ५३ रुपैयाँ खर्च भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । विभिन्न संवैधानिक निकायदेखि अन्य राजनीतिक नियुक्ति पाएकाले दोहोरो सुविधा लिँदा पेन्सन भार बढिरहेको बताइएको छ ।

सरकारी ढुकुटीबाट यसरी पेन्सनस्वरूप भुक्तानी लिने कर्मचारीमा राज्यका विभिन्न संवैधानिक निकायमा रहेर काम गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेका उच्च पदस्थदेखि तल्लो दर्जाका श्रेणीविहीनमै अवकाश भएका व्यक्तिसमेत छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि