देशलाई एउटा उचाइमा उठाएका छौँ

हामीले सडक निर्माणका सम्बन्धमा, सडक सञ्जाल विस्तारका सम्बन्धमा महŒवपूर्ण काम गरेका छौँ । खासगरी वर्तमान सरकार बनेपछि यी तीन वर्ष, बितेका तीन वर्षको अवधिमा हामीले दुई लेनका, चार लेनका, छ लेनका सडकहरू निर्माण गर्ने कामलाई तीव्रता दिएका छौँ । सडक स्तरोन्नति, नयाँ निर्माण, विस्तार र सडकसँगसँगै पुलहरूको निर्माण र यातायातका क्षेत्रमा हामीले अनेक उपलब्धि हासिल गरेका छौँ । त्यसमा झोलुङ्गे पुलहरू बनाई आवागमन सहज बनाउने जस्ता कुरा छन् । धेरै ठाउँमा हामीले झोलुङ्गे पुल स्थापना गरेका छौँ । केही ठाउँमा दुर्गमता र कष्टपूर्ण आवागमनलाई सरल बनाउन तुइन भएका ठाउँमा तुइन विस्थापित गरेर झोलुङ्गे पुलहरू निर्माण गरेका छौँ । कनेक्टिभिटीकै क्षेत्रमा हामीले हवाई मैदानहरू बनाउने, थप हवाई मैदानलाई राति पनि चल्ने सुविधासम्पन्न हवाई मैदान बनाएका छौँ । हवाई मैदानलाई आधुनिकीकरण गरेका छौँ । नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय तहका पोखराजस्ता विमानस्थल अथवा अन्तर्राष्ट्रिय स्तरको भैरहवा विमानस्थल, यिनीहरूलाई सम्पन्नताको नजिकै पु¥याएका छौँ । हुलाकी राजमार्ग लगभग ६५ प्रतिशत तयार गरिसकेका छौँ । केही वन क्षेत्र, केही आरक्ष क्षेत्रजस्ता कुराले पारेका असहजता र व्यवधान समाधान गरेर पनि हामी अगाडि बढाउँदै छौँ । दुर्गम क्षेत्रहरूमा पनि पक्की बाटाहरू, पक्की भन्नाले कालोपत्रे मात्र होइन, त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तामा पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस्, त्यस प्रकारको डिफेन्स वालसहित, पिल्लर राखिएका सडकहरू । अब बन्ने सडकहरू कच्चा अथवा असुरक्षित सडक हुनु हँुदैन । सडक राम्रा, फराकिला, पक्की र सुरक्षित हुनुपर्छ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा सङ्घीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षमा ध्यान दिनुपर्छ । दुर्घटनाका कतिपय प्राविधिक कारण हुन्छन् । सडक निर्माणमा प्राविधिक त्रुटि रह्यो भने बढी दुर्घटना हुन्छ । हामीले अहिलेसम्मका राष्ट्रिय अनुभव र अन्तर्राष्ट्रिय अनुभव पनि लिएर दुर्घटनाको सम्भावना हुने खालका प्राविधिक त्रुटि गर्न हुँदैन । बाटोको आफ्नै सुरक्षा र बाटो आफैँ सुरक्षित हुनु प¥यो । उसकै सुरक्षा पनि हुनु प¥यो । बाटो भत्किने, बिग्रिने, पहिरो जाने खालको हुनु भएन । अर्को कुरा बाटोको प्रयोगकर्ता सवारी, सवारी साधन, त्यसमा रहेका व्यक्ति अथवा आवागमनकर्ता, यात्रुको सुरक्षाको प्रत्याभूति हुनुप¥यो बाटोमा । त्यस प्रकारका बाटाहरू निर्माण गर्नुप¥यो ।
हामीले जुन बाटाहरू आज एमओयू गर्दै छौँ र सुरु गरिराखेका छौँ; यी सुरु गर्दा हामीले ध्यान दिनुपर्छ । बाटामाथि हेर्दा कालोपत्रे छ तर राम्रो र सुरक्षित छैन । बाटो आफैँ सुरक्षित छैन र बाटोले यात्रु, सवारी साधनलाई सुरक्षित राख्ने प्रबन्ध गरेको छैन भने ती बाटाहरू दुर्घटनाका कारण हुन्छन् ।
हामी सबैलाई थाहा छ र मैले जोड दिइरहेको छु, पटक–पटक भनेको छु– जनताको ज्यानको रक्षा, जनताको जीवन हाम्रानिम्ति सबैभन्दा बढी महŒवपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छौँ । तसर्थ हामीले हाम्रा हरेक काममा जनताको जीवनको रक्षा र सुखलाई केन्द्र भागमा राखेका हुन्छौँ । त्यसकारण यी निर्माण, आगामी अरू निर्माण वा अरू कुनै पनि कुरा विकासका सन्दर्भका हाम्रा प्रयासमा जनतालाई सुरक्षित राख्ने, सेवासुविधा पु¥याउने, उनीहरूलाई दुःखकष्ट न्यून गर्ने अथवा समाप्त पार्ने र उनीहरूलाई सुख प्राप्तिको, सुखानुभूतिको एउटा अवस्था सिर्जना गर्नुपर्छ । यी कुराहरू हामीले बनाउनु प¥यो ।
थुप्रै ठाउँ (३९२ ठाउँ)बाट आवेदन प्राप्त भएका, त्यसको छानबिन भइरहेको र यो आज २१० को सङ्ख्यामा हामीले जुन भन्यौँ, त्यो सङ्ख्याभन्दा बढ्न सक्छ । किनभने हामी त्यसको छानबिन गरिरहेका छौँ । त्यो छानबिन गरिसकेपछि आवश्यकताअनुसार सङ्ख्या बढ्छ । कतिपय ठाउँमा पक्की बाटो भइरहेका ठाउँबाट पनि माग आएको छ भने अवश्य स्तरोन्नतिको कुरा हुनुपर्छ । त्यसमा सुधारको कुरा हुनुपर्छ । बाटो त छ तर बाटोको भित्तापट्टि नाली छैन, त्यस्तो होला । त्यसमा नालीको प्रबन्ध गर्नुपर्छ । बाटोको छेउपट्टि प्रोटेक्सन वाल छैन होला, प्रोटेक्सनका लागि पिल्लरहरू छैनन् होला । त्यसको प्रबन्ध गर्नुपर्छ । त्यसकारण पनि माग आएको हुन सक्छ । तसर्थ निर्माण कार्यमा यी विषयमा ध्यान जाओस् । घुम्तीहरूमा विशेष ध्यान जाओस् । घुम्तीहरूमा विशेष सतर्कता, सङ्केत चिह्नहरूका सन्दर्भमा कुनै पनि प्रकारको कमी–कमजोरी नरहोस् । सङ्केत चिह्नहरूको अभाव र आउँदै गरेको गाडी कस्तो पोजिसनमा छ भन्ने कुरा हामीले यस सम्बन्धमा ड्राइभरहरूलाई तालिम दिने कुरामा पनि त्यो प्राप्त गरेको तालिम र जानकारीलाई उसले कडाइसाथ पालना गर्ने कुरामा, ट्राफिकतर्फबाट पनि प्रहरीको तर्फबाट पनि यसमा विशेष ध्यान दिनुपर्छ । उताबाट केही आइरहेको छ भने केही आएको चालचुल छैन, थाहा पाइएको छैन भनेर ढ्याक्कै जुध्ने खालको स्थिति बन्छ । यस्ता कुरामा ध्यान दिनेदेखि लिएर ट्राफिक टे«निङ, ओभरटेक गर्दाखेरिका टे«निङ, एउटा दुर्घटनाको कारण ओभरटेक गर्दाखेरि पनि हुने गरेको छ । यस्तो कुरामा ड्राइभरलाई बढी सजग गराउन जरुरी छ । कस्तो अवस्थामा कति बेला ओभरटेक गर्ने, कति बेला नगर्ने, जबरजस्ती गर्दै नगर्ने, ट्राफिक रुलअन्तर्गत बस्ने र बाटाहरू तदअनुसार नै हुनेमा हामीले सुनिश्चित गर्नुपर्छ ।
हामी विकासको गतिलाई अत्यन्तै तीव्रतासाथ अगाडि बढाइरहेका छौँ । यस मन्त्रालयलाई लाग्ला, हामीले काफी काम गरेका छौँ । अर्को मन्त्रालयलाई त्यस्तै लागेको छ । अथवा अहिले मन्त्रालयहरू काममा जुटेका छन् र काममा तीव्रता दिएका छन् । मैले देखेको छु कि अहिले बाटोहरूको निर्माण अत्यन्त तीव्र गतिका साथ भएको छ । अब यो कार्यक्रम अगाडि बढेपछि यसले अझ तीव्रता ल्याउनेछ । २१० स्थानमा, २१० वटा तहमा त फेरि थप तीव्रता आउने भयो यसकारणले गर्दाखेरि । अर्थात् हामीले प्रतिवर्ष बाटो कति निर्माण गर्छौं भन्दा नेपालको स्थितिमा मानिसलाई विश्वास गर्न गाह्रो हुने गतिमा निर्माण गर्छौं । अर्को कुरा के छ भने निर्माण गर्दाखेरि हामीले प्रोग्रेस देखाउन यति कालोपत्रे ग¥यौँ भनेर मात्रै हुँदैन । त्यो कालोपत्रे गर्ने कुराको कस्तो स्तरको बाटो ? कति सुरक्षित बाटो ? कस्तो बाटो हामी बनाउँदै छौँ ? यसमा विशेष ध्यान दिनुपर्छ । बहुत पीडा त्यति बेला हुन्छ, जति बेला हामी सडक दुर्घटनाका कुरा सुन्छौँ । सेकेन्डअगाडि एउटा परिस्थिति हुन्छ, सेकेन्डपछाडि अर्को परिस्थिति हुन्छ र एउटा दुःखद स्थिति देखा पर्छ । त्यस्तो देखा पर्न नपाओस् भन्नेमा हाम्रो ध्यान जानुपर्छ । त्यो आकस्मिक रूपले दुर्घटनाबाट हुने क्षति जब सुन्छौँ, हामी स्तब्ध हुन्छौँ । हामी आहत हुन्छौँ । त्यस ठाउँमा आपूmलाई राखेर हेर्दा त्यो मनोदशा कस्तो होला ? अवस्था कस्तो होला ? पीडा कस्तो होला ? यसलाई हामीले ध्यानमा राख्नुपर्छ र सुरक्षित बाटाहरू बनाउनुपर्छ । बाटाका लम्बाइ मात्रै जोड्ने होइन, बाटाको गुणस्तरको उचाइ हामीले वृद्धि गर्नुपर्छ । पहाडमा हामी देख्छौँ नि, बाटा त खोल्दै गएका छन् तर अचम्म लाग्छ, त्यस बाटाबाट बहादुर गोर्खालीले बाहेक अरू कसैले गाडी हिँडाउनै सक्दैन । त्यस्ता बाटा छन् । अब यो बहादुर गोर्खालीले मात्र हिँडाउने बाटा होइन कि दुनियाँको कसैले पनि हिँडाउन सक्ने बाटा चाहियो नि हामीलाई । त्यो खालका बाटाचाहिँ हामीले निर्माण गर्नु प¥यो । अबका हाम्रा बाटा त्यस्ता हुनुप¥यो ।
हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न लागेका छौँ । हरेक क्षेत्रबाट– शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, पूर्वाधार निर्माणका क्षेत्र, पूर्वाधारमध्ये एउटा सडक सञ्जालको निर्माण, सुधार, विस्तार । हवाई यातायातको कुरा, केबलकारको कुरा, झोलुङ्गे पुल, सडक, सडक पुल, हवाई मैदानको सुधार विस्तारको कुरा, नयाँ निर्माणका कुरा, हेलिप्याड निर्माणका कुरा । मैले धेरै पहिले पनि भनेको थिएँ, हरेक पालिकामा कम्तीमा दुर्गम ठाउँहरूमा पनि सकेसम्म हेलिप्याड निर्माण होस् । हामीले आपत् परेका गर्भवती महिलालाई रेस्क्यु गर्ने गरेका छौँ हेलिकप्टरबाट तर हेलिप्याड नै छैन भने कसरी रेस्क्यु गर्ने ? त्यसकारण हरेक पालिकामा नजिकै हेलिप्याड होस् र हेलिकप्टर राखेर रेस्क्यु गर्न सकियोस् । त्यस प्रकारका काम हरेक पालिकामा हुनुपर्छ । अहिले त वडाहरू ठूलाठूला छन् ग्रामीण क्षेत्रका । हरेक वडामा हेलिप्याड निर्माण गर्न सकियोस् । हेलिप्याड निर्माण गरौँ । हरेक ठाउँमा पोखरी, हरेक ठाउँमा हेलिप्याड ।
पोखरीको आफ्नो महŒव छ । रिचार्ज सिस्टमको आफ्नो महŒव छ । हावालाई शीतल र रसिलो बनाउने पानीको आफ्नो महŒव छ । त्यसबाट पशुपन्छीलाई पिउने पानीको प्रबन्ध हुने हुँदा त्यसकोे आफ्नो महŒव छ । यसका अरू विभिन्न प्राकृतिक महŒव छन् । पहाडतिर पोखरी हरेक पालिकामा सजिलो छैन तैपनि पहिले–पहिले आहालहरू बनाइएका हुन्थे, पोखरीहरू बनाइएका हुन्थे, डाँडाडाँडामा पोखरीहरू छन् । ठूलाठूला ताल हाम्रा पहाडमा त छन् । तराईमा पोखरी, पहाडमा ताल छन् । रारा, फोक्सुण्डो, तिलिचोदेखि थुप्रै ताल, बेगनासदेखि अनेक ताल छन् । विभिन्न कुण्ड छन् । ताल, कुण्ड र हिमतालहरू छन् हामीसँग । यस्तो ठाउँमा हामी मानव बस्ती भएका ठाउँहरूमा, गाउँहरूमा पनि पशुपालनका लागि पनि, वृक्षरोपण, फलपूmल खेती अथवा अरू खेतीका लागि पनि त्यस्ता पोखरी बनाउने कुराले राम्रो गर्छ । ती काम पनि हामी गरौँ । किनभने हामी चौतर्फी ढङ्गले विकास अभियान अगाडि बढाउँदै छौँ । कृषिको आधुनिकीकरणमा यी कुराहरू काम लाग्छन् । स्वास्थ्य उपचारका सन्दर्भमा मैले भनेका कुराहरू काम लाग्छन् । त्यसकारण यो सम्पूर्ण क्षेत्रतिर हामीले ध्यान दिन जरुरी छ । टुरिजमका लागि यस्ता कुराको खास महŒव छ । तालतलैया, बाटाघाटादेखि लिएर पुलहरू । कतिपय मान्छेलाई झोलुङ्गे पुल तर्न, हिँड्न कसैको आवश्यकता हुन्छ, त्यो दिनचर्या हुन्छ, कसैका लागि रमाइलो हुन्छ । यी जस्तो जे भए पनि यस्ता ठाउँहरूको कनेक्टिभिटी दुर्गम ठाउँहरूलाई सहज बनाउने र त्यसलाई एउटा पर्यटकीय स्थलका रूपमा विकास गर्ने, प्राकृतिक रमणीयताको अवलोकन गर्नेदेखि लिएर त्यहाँको जीव, वनस्पति, पशुपन्छी आदिको अध्ययन गर्नेदेखि लिएर अनुसन्धानकर्ताका लागि समेत उपयोगी हुन्छन् । त्यसकारण यतापट्टि पनि हामीले ध्यान दिन जरुरी छ ।
जे होस्, हामी विकासका गतिमा लगातार अगाडि बढेका छौँ । आज फेरि एउटा नयाँ उचाइको काम हामीले गरेका छौँ । फेरि एउटा नयाँ अभियान सुरु गरेका छौँ । यो राष्ट्रिय अभियान हो । राष्ट्रव्यापी अभियान हो । यो हाम्रानिम्ति एउटा गौरवको अभियान हो । यो अभियान सफल पार्न म सङ्घीय सरकार, सङ्घीय मन्त्रालय, त्यसैगरी प्रदेश सरकार, प्रदेशका सम्बन्धित सरकार, सम्बन्धित मन्त्रालय, स्थानीय तहलगायत सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु । मैले भनेअनुसार यसलाई परिपक्व ढङ्गले तीव्रतासाथ अगाडि बढाऔँ । हाम्रो देश विकसित नहुने, अविकसित हुने देश होइन । हामी सिफारिस भइसकेका छौँ विकासशील देशमा ग्राजुएसनका लागि पाँच वर्षभित्र । अब हामीले लगभग दिगो विकास लक्ष्यका जुन प्यारामिटर्स छन्, मापदण्ड छन्; तिनलाई सन् २०३० सम्म पर्खिरहनुपर्ने आवश्यकता छैन । त्योभन्दा अगाडि पूरा गर्न सक्छौँ । किनभने हामीमा त्यो पूरा गर्ने प्रचुर सम्भावना छ । यसबीचमा हामीले उथलपुथल गरिएका कामहरू गरेका छौँ । देख्दाखेरि सामान्यजस्तो लाग्ने । हाम्रोजस्तो देशलाई हामीले सङ्कल्प गरेपछि हुने रहेछ नि ! हामीले खुला दिसामुक्त देश बनायौँ । सभ्यताको एउटा सिँढी माथि उठ्यो देश । कति असभ्यताको स्थिति
थियो ? त्यस असभ्यताको स्थितिबाट देशलाई एउटा सभ्यताको स्थितिमा उठाइयो, ओडीएफ कन्ट्रीका रूपमा । यसरी के हो भने हामीले एउटा स्तर हासिल गरेका छौँ । उचाइ उठाएका छौँ, उचाइमा उठाएका छौँ देशलाई । सभ्यताको उचाइमा उठाएका छौँ, विकासको एउटा नयाँ उचाइमा, सामाजिक विकासको नयाँ उचाइमा उठाएका छौँ । यो भौतिक विकासको उचाइले सामाजिक विकासको उचाइलाई माथि उठाउँछ । भौतिक विकास पनि नहुने, सामाजिक विकास पनि नहुने, चेतनाको विकास पनि नहुने, यता आधारभूत विकासका प्रश्नमा पनि पछाडि पर्ने हो भने समाज कताबाट विकास हुन्छ ? त्यसकारण हामीले चेतनामा विकास, चौतर्फी विकास, भौतिक पूर्वाधार र संरचनाहरूको विकास, ऊर्जाको क्षेत्रको विकास, आईटीको क्षेत्रको विकास गर्नुपर्छ । हामीले डिजिटल नेपाललाई रफ्तारका साथ, गतिका साथ अघि बढाएका छौँ । हामी आधुनिक प्रविधिको प्रयोगमा तीव्र गतिका साथ अगाडि बढेका छौँ । थुप्रै कुरा अस्ति मैले डिजिटल सोइल टेस्ट (माटो परीक्षण)को उद्घाटन गर्दाखेरि पनि भनेको थिएँ, दक्षिण एसियामा नेपाल पहिलो हो डिजिटल सोइल टेस्टका लागि । कोभिड–१९ को मुकाबिला, त्यसको नियन्त्रण र त्यसलाई नियन्त्रणभित्र राख्ने कुरा र कम क्षति हुने कुरामा हामी धेरै अगाडि छौँ । विश्वका धेरै देशभन्दा हामी अगाडि छौँ । अलिक आर्थिक रूपमा हामी पछाडि हौँला । हाम्रा हस्पिटलहरूको सुविधाको मात्रामा, हिसाबमा हामी पछाडि थियौँ । हामीले पहिलो स्वाब टेस्ट बाहिर पठाएर गरेका थियौँ तर अहिले हामीसँग ८२÷८३ ठाउँबाट एकै चोटि हुन्छ । हामीले तीन सयभन्दा बढी ठाउँबाट भ्याक्सिन लिने प्रबन्ध ग¥यौँ । अहिले पाँच लाखभन्दा बढी मान्छेले भ्याक्सिन लिइसकेका छन् । जे होस्, पाँच लाखभन्दा बढी नै छ । आँकडा अरू मिलेन भने पनि तलचाहिँ आउँदैन, माथि जान्छ । हामीले त्यो तीव्रताका साथ काम गरेका छौँ । अथवा हाम्रोजस्तो देशमा हाम्रोजस्तो मानसिकता भएको देशमा । कतिपय विरोधका लागि, जसरी पनि विरोध, जेमा पनि विरोध गर्ने प्रवृत्ति भएका देशमा देशप्रतिको जिम्मेवारीबोध होइन । जनताप्रतिको जिम्मेवारीबोध होइन, विकासप्रतिको जिम्मेवारीबोध होइन । आफ्नो स्वार्थप्रतिको लगावले हिरिक्क हुने प्रवृत्ति भएको देशमा, आफ्नो स्वार्थ पूरा गर्न माइतीघरको गीतजस्तो म बेचिदिन्छु, जे पनि बेचिदिन्छु भन्ने गीत माइतीघरमै होला सायद, एउटा पुरानो फिल्ममा गीत थियो । त्यस्तै जे पनि गर्न तयार हुनेसम्मका प्रवृत्तिको बिगबिगी रहेका देशमा हामीले जुन दिगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौँ, यो असाधारण उपलब्धि हो । यसलाई हामीले स्थायित्व दिनुपर्छ, निरन्तरता दिनुपर्छ र अझ उचाइमा पु¥याउनुपर्छ । यो समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसँग मिल्छ ।
यस काममा सबै साथी, केन्द्रदेखि स्थानीय तहसम्मका सरकारका मन्त्रीज्यूहरू, जनप्रतिनिधि साथीहरू, विभिन्न तहका जनप्रतिनिधि साथीहरू, पोलिटिकल पार्टीका साथीहरू लाग्नुभएको होला । प्राविधिकहरू लाग्नुभएको होला । राष्ट्रसेवकहरू बेस्सरी खटिनुभएको होला । यस कार्यक्रमको आयोजनाका लागि जो जसले योगदान गर्नुभएको छ, सबैप्रति धन्यवाद ज्ञापन गर्दछु । यो एउटा ऐतिहासिक आयोजना हो । यस्तो ऐतिहासिक आयोजनाका लागि म मन्त्रालयलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । यस्ता कार्यक्रम अझ अगाडि बढाउँदै लैजाऔँ, हौसला बढोस् भन्ने शुभकामनाका साथ आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद !

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत १ गते प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक