सेयर बजार नेप्से ३.६६ अंकले वृद्धि

काठमाडौं फागुन ९: लामो समय देखि ओरालो लाग्दै गएको सेयर बजारले बिस्तारै आपनो रफ्तार केही दिनदेखी बढाउदै गएको छ। आज सेयर बजार नेप्से परिसूचक ३.६६ अंकले वृद्धि भएको छ । आइतबार ०.१४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो ।

नेप्सेमा सामान्य वृद्धि भए पनि ‘क’ वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ ।

सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ ।

आइतबार ९१ हजार ३७८ पटकको व्यापारमा ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको सेयर कारोबार भएको छ । यसबीच २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता सेयर खरीदबिक्री भएको छ ।

म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । म्युचुअल फण्ड समूहको सर्वाधिक ६.४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४.२९ प्रतिशत बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र