सैनिक ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा

माघ २५, काठमाडौँ : गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए । सोमवार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सू चीको अवस्था अज्ञात छ ।

शहरको अवस्था के छ?
दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन् । एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ ।

सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ । मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो । फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो ।

इन्टरनेट बन्द
कैयन् प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धबाट उम्कन भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको उपयोग गरेका थिए । तर इन्टरनेटमा आमनिषेध गरिएपछि भीपीएनको प्रयोग समेत निकै प्रभावित भएको छ ।

नागरिक समाजका सङ्गठनहरूले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन आह्वान गरिरहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

मानव अधिकार समूह एमनेस्टी इन्टरनेशनलले इन्टरनेट बन्द गराउने कार्यलाई ‘कठोर अनि लापरबाहीपूर्ण’ भन्दै त्यसले म्यान्मारका मानिसहरूलाई मानव अधिकार हनन् हुने जोखिममा पार्ने चेतावनी दिएको छ ।

सेनाको प्रतिक्रिया के छ ?
सेनाले कुनै प्रतिक्रिया दिएको छैन । शनिवार बिहानैदेखि कारखानाका मजदुर एवम् विद्यार्थी सहितका प्रदर्शनकारीहरूले सेनाले हिरासतमा राखेका सू चीलगायत अन्यलाई रिहा गर्न माग गरेका थिए ।

याङ्गोन शहरमा उनीहरूले प्रदर्शन गरिरहँदा नगर बसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । सडकमा रहेका अन्य मानिसहरूले पनि प्रदर्शनकारीहरूप्रति समर्थन जनाएका थिए भने मानिसहरूले आफ्नो घरघरमा ताली बजाएर तथा भाँडा ठटाएका थिए ।

कतिपय घरहरूमा सू चीको दलको समर्थनमा रातो स्टिकर टाँसेको देखिएको बीबीसी बर्मिजका सम्पादक सो विन थानले जनाएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष