यस्तो छ   इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ रिजल्ट 

शुक्रबार, १६, काठमाडौं । शुक्रबार बिहान बाँडफाँड भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ हेर्न ५ बजेसम्म कुर्नु पर्ने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार १४ लाख भन्दा बढीको आवेदन परेको हुनाले डाटा प्रोसेसिङमा समय लाग्ने भएकोले रिजल्ट हेर्न ५ बजेसम्म कुर्नु पर्ने भएको हो । क्यापिटलका अनुसार आज साँझ ५ बजेपछि मेरो शेयरमा डाटा उपलब्ध हुनेछ ।

विक्री प्रबन्धकका अनुसार १० देखि ५० कित्तासम्म माग गर्ने सबैले माग बमोजिम शेयर पाएका छन् । बढीमा ६० कित्तासम्म शेयर बाँडफाँट गरिएकोमा ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका हुन् । १० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको छ । त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको छ । 

यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको छ । यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्य ६ हजार २७६ जनाको आवेदन रद्ध भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । 

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रु. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
 
कम्पनीले  ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद