अमरिकाका राष्ट्रपति बाइडेनले उल्टाए ट्रम्पका निर्णय, पहिलो दिन गरे १५ निर्णय

२०७७ माघ ८,अमरिकाका ४६औँ राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टाएका छन् । क्यापिटल हिलमा बुधबार आयोजित शपथग्रहण कार्यक्रमपछि ह्वाइटहाउस पुगेका बाइडेनले विभिन्न १५ निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ । 

ट्रम्पले आफ्नो कार्यकालमा जलवायु परिवर्तन तथा छिमेकी राष्ट्रसँगको सिमानामाथि अडान लिएका थिए । तर, बाइडेन यस विषयमा लचिलो बनेका छन् । जलवायु संकट तथा आप्रवासनसम्बन्धी ट्रम्प प्रशासनको नीति पनि परिवर्तन हुने उनले जनाएका छन् । बाइडेनले शपथग्रहणपछिको भाषणमा आफूसँग अनावश्यक रूपमा खर्च गर्ने समय नभएको र वर्तमान संकटविरुद्ध लड्ने प्रतिबद्धता जनाएका थिए । ‘अहिले धेरै काम गर्नु छ, मसँग समय नै छैन, एक सेकेन्ड पनि समय खेर नफाली हामी सबैले काम गर्नुपर्छ, यसअघि पनि भनिसकेको थिएँ कि राष्ट्रपति भएको सात दिनभित्र अमेरिकाको हितका लागि सात निर्णय गर्ने छु,’ उनले भने । 

ह्वाइटहाउसमा कोरोना रोकथाम कार्यालय स्थापना
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले कोरोना भाइरस रोकथामसँग सम्बन्धित पहिलो काम गरेका छन् । १५ विभिन्न विषयमा हस्ताक्षर गरेका उनले कोरोनासँग लड्न सरकारबाट सबै किसिमको सहयोग प्राप्त हुने विश्वास दिलाएका छन् ।

बाइडेनले अनिवार्य रूपमा ह्वाइटहाउसका कर्मचारीलाई मास्क लगाउन र भौतिक दूरी कायम राखी काम गर्न निर्देशन दिएका छन् । कोरोना रोकथामका लागि ह्वाइटहाउसमा अब अलग कार्यालय स्थापना हुनेछ । यसैबीच सरुवा रोग विशेषज्ञ डाक्टर एन्टोनी फाउचीको एक टोली छिट्टै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यकारी बैठकमा सहभागी हुने भएको छ । अमेरिका र डब्ल्युएचओबीचको सम्बन्ध सुधार गर्न हेतु बैठक राख्न लागेको बिबिसीको भनाइ छ । कोरोना महामारीका रूपमा फैलँदा ट्रम्प र डब्ल्युएचओबीचको सम्बन्ध बिग्रेको थियो । ट्रम्पले डब्ल्युएचओसँग नाता तोडेका थिए । बैठकमा अमेरिका र डब्ल्युएचओबीच पुनः सहकार्य र कोरोनाविरुद्ध लड्ने रणनीतिमाथि छलफल हुनेछ ।

पाइपलाइन सम्झौता फिर्ता
ट्रम्पले गरेको विवादास्पद क्रिस्टोन एक्सएल पाइपलाइन सम्झौता बाइडेनले रद्द गरेका छन् । सन् २०१९ मा ट्रम्पले क्यानडासँग मिलेर १९ सय किलोमिटर लामो तेलको पाइपलाइन बनाउने सम्झौता गरेका थिए ।
त्यसवेला अमेरिकी पर्यावरणविद्हरूले सम्झौताको विरोध गरेका थिए । पाइपलाइनबाट पर्यावरणमा धेरै नोक्सानी हुने पर्यावरणविद्हरूको भनाइ छ । यो ‘प्रोजेक्ट’को लागत आठ अर्ब डलर थियो । यसैबीच बाइडेनका प्रेससचिव जेन साकीले ह्वाइसहाउसले पहिलोपटक क्यानेडियन प्रधानमन्त्री जस्टिनसँग वार्ता गर्ने जानकारी दिएका छन् ।

१३ राष्ट्रमाथिको यात्रा प्रतिबन्ध हट्यो
ट्रम्पले यसअघि विभिन्न १३ राष्ट्रमाथि अमेरिका–यात्रामा लगाएको प्रतिबन्ध बाइडेनले हटाएका छन् । यी १३ राष्ट्र विशेषगरी एसिया तथा अफ्रिकी राष्ट्र छन् ।
बाइडेनले होमल्यान्ड सुरक्षा तथा अमेरिकी अट्रोनी जनरललाई अमेरिका आइपुगेका बालबालिकाको रक्षा गर्न निर्देशन दिएका छन् । ती बालबालिकाले पनि भविष्यमा अमेरिकाको विकासमा सहयोग गर्ने उनको विश्वास छ । भन्छन्, ‘भविष्यमा अमेरिकाको विकासमा योगदान गर्न सक्ने भएकाले नै निर्वासित बालबालिकाहरूलाई अमेरिकाको नागरिकता दिनुपर्छ ।’ यस सम्बन्धमा अलग कानुन निर्माण गर्न पनि उनले निर्देशन दिएका छन् ।

मुख्य निर्णयहरू
-बाइडेनले सात राष्ट्रमाथि लगाइएको प्रतिबन्ध हटाएका छन् । ट्रम्प प्रशासनले मुस्लिम राष्ट्र इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया तथा यमनमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय बाइडेनले गरेका हुन् । ट्रम्पले सन् २०१७ मा आफ्नो कार्यकालको पहिलो सातामै ती राष्ट्रमाथि प्रतिबन्ध लगाएका थिए । यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सन् २०१८ मा अदालतले ट्रम्पको निर्णयलाई यथावत् नै राख्यो ।

-बाइडेनले डब्ल्युएचओसँग नाता गाँस्न पुनः एकपटक सदस्य बन्ने बताएका छन । गत वर्ष ट्रम्पले डब्ल्युएचओसँगको सम्बन्ध नरहेको घोषणा गरेका थिए । राष्ट्रपति बनेको पहिलो दिनमै बाइडेनले डब्ल्युएचओलाई अमेरिका भित्र्याउने बताएका छन् ।

-अमेरिका पुनः एकपटक पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा समावेश हुनेछ । सन् २०१९ मा ट्रम्प यो सम्झौताभन्दा बाहिर जाने घोषणा गरेका थिए ।

-बाइडेनले मेक्सिकोको सिमानामा बनिरहेको पर्खाल निर्माण योजनाको बजेट रोक्का गरेका छन् । मेक्सिकोबाट सहजै अमेरिका प्रवेश गर्न सक्ने भएपछि ट्रम्पले पर्खाल लगाउने घोषणा गरेका थिए । उनले यसलाई पर्खाल लगाउने कार्यलाई राष्ट्रिय संकट बताएका थिए ।
–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित