अब एकै क्लिकमा देशभरको माटोबारे जानकारी पाइने

काठमाडौं,माघ २, अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।

देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उनले बताए । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताए । विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उनले बताए । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र