दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए। ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए। ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन्। त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ।
दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्। ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताएका छन्। ‘मूलतः सरकारले निर्वाचन घोषणा गरिसकेकाले त्यसमा केन्द्रित हुने विषयमा छलफल भएको छ, काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यले पछिल्लो अवस्थाबारे धारणा राख्नुभयो,’ पौडेलले भने। देशभरबाट पार्टीको अवस्थाबारे जानकारी लिँदा बहुसंख्यक कार्यकर्ता आफूहरूतिर रहेको पाइएको पनि पौडेलले सुनाए। स्थायी कमिटी सदस्यको बिफ्रिङ सुनेपछि अध्यक्ष ओलीले सबै नेताहरूलाई ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे। ओलीले सबै तहबाट निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै हरेक निर्वाचन क्षेत्रमा निर्वाचनसम्बन्धी कार्यक्रम कार्ययोजना बनाउन सदस्यहरूलाई आग्रह गरे। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि