भारी हिमपातका कारण मनाङकाे जनजीवन कष्टकर

मनाङ, पुस २२ः देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार बनेको छ ।

सोमबारदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडा सदस्य चोल्पा गुरुङले जानकारी दिए ।

केही दिनअगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्काएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको सिकार भएका पशुपालक गुरुङले बताए ।

हिमपातले विकास निर्माणका कामहरु पनि ठप्प भएका छन् । बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकास मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए ।

हिमपात कारण खेतीबाली सप्रने भए पनि जनजीवन प्रभावित भएको छ । कोरोना महामारीमा जिल्लाभित्र रहेका मनाङबासी हिमपातको असर थेग्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा