सरकारले २०१८ सालमा जग्गा प्राप्ति ऐन जारी गर्दै मुआब्जा दिएर ललिता निवाससहित ६ वटा दरबार अधिग्रहण गरेको थियो।
त्यसमा ललिता निवासको २ सय ८४ रोपनी १४ आना परेको थियो। १४ रोपनी ११ आना सुवर्णशमशेर र उनको परिवारका नाममा कायम भएको थियो।
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित ललिता निवास जग्गा छानबिन समितिका अनुसार ललिता निवाससहित हरिहर भवन ललितपुर, सीता भवन नक्साल, लक्ष्मी निवास महाराजगन्ज, बबरमहल कुरियागाउँ, महावीर भवन नक्साल जग्गा प्राप्ति ऐन जारी गर्दै सरकारले अधिग्रहण गरेको हो। ललिता निवासको जग्गामा प्रधानमन्त्री निवास, सभामुख निवास, प्रधानन्यायाधीश निवास र राष्ट्र बैंक कार्यालय स्थापना गरियो। ६० रोपनी जग्गा राष्ट्र बैंकलाई दिइयो। बाँकी २ सय १२ रोपनी जग्गा समरजंग कम्पनीका नाममा दर्ता गरियो।
तर, त्यो अधिग्रहण गरेको जग्गा पञ्चायतले जफत वा हरण गरेको भन्दै पुनः व्यक्तिका नाममा दर्ता गराउने काम भएको छानबिन समिति संयोजक त्रिताल बताउँछन्। राजनीतिक कारणले हरण भएको जग्गा फिर्ता दिने भन्ने सम्बन्धमा ०४७ सालमा निर्णय भएको थियो। त्यसलाई अपव्याख्या गरी ललिता निवासको जग्गामा चलखेल सुरु भएको थियो। यद्यपि, त्यसअघि पञ्चायतकालमै १२ रोपनी ७ आना अतिक्रमणमा परेको थियो। त्यसपछि ०४९ सालमा ११२ रोपनी ४ आना राणा परिवारका नाममा दर्ता गरिएको थियो। त्यसबेला मालपोतका कर्मचारीको मिलेमतोमा १०२४ र १०२५ मिसिल नै गायब गरेका थिए। ०६२ मा १२ आना छुट दर्ताका नाममा कनकशमशेरकी पत्नी सुनितीको नाममा दर्ता गर्ने काम भयो। त्यसपछि ०६६/६७ मा १८ रोपनी र ०६९ मा ३ रोपनी १२ आना अतिक्रमणमा परेको थियो।
जग्गा माफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीले उक्त जग्गामा आँखा लगाएका थिए। ढकाल र सुवेदीले नक्कली मोही खडा गरी त्यो जग्गा हडप्न अभियान नै चलाए।
०६६/६७ र ०६९ मा सरकारी तवरबाट नीतिगत निर्णय गराएरै प्रधानमन्त्री निवाससमेत व्यक्तिका नाममा दर्ता गराउने काम भएको अनुसन्धानले देखाएको छ। ०६६/६७ मा १६ नक्कली मोही खडा गरी जग्गा बाँड्ने काम भएको थियो। प्रधानमन्त्री निवास विस्तारका नाममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवासको जग्गासमेत व्यक्तिका नाममा दर्ता गरियो।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयले नियतवश नै अनधिकृत व्यक्तिलाई मोही खडा गराउने तथा सरकारी सार्वजनिक सम्पत्ति मास्ने नियत देखिएको त्रिताल प्रतिवेदन र अख्तियारको अनुसन्धानमा उल्लेख छ। त्यसबेला भौतिक योजनामन्त्री थिए विजयकुमार गच्छदार, सचिव दीपकुमार बस्न्यात। उनै बस्न्यात पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएका थिए। अनधिकृत तवरले मोही खडा गर्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदार र बस्न्यातविरुद्ध मुद्दा हालेको हो। भूमिसुधार मन्त्रालयले गर्नुपर्ने कार्यमा हस्तक्षेप गरेर भौतिक निर्माणले गरेको देखिएको छ।
०६९ मा पशुपति टिकिन्छा गुठी भनेर हुँदै नभएको गुठी बनाइयो। तीन रोपनी १२ आना जग्गा गुठीका नाममा दर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले नै ग¥यो। यसरी बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने काम भयो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र