देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई आकर्षक पर्यटकीय गन्तव्य विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिए ।
“लामो समयदेखिको प्रयास कार्यान्वयनको चरणमा आएको छ । हामी एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी–बिच’ मोडल ल्याएका हौँं,” नगरप्रमुख दाहालले भने । यो मोडलले महानगरकै मात्र नभई चितवनकै गौरव र आर्थिक गतिविधि बढाउने दाबी उनले गरे ।
पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि झण्डै छ करोड रुपियाँ लागतमा डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरेको छ । यो ‘सी–बिच’ दुुई हजार चार सय मिटर पैदल मार्ग, दुुई ठाउँमा पार्किङ स्थल र बगैँचा निर्माण गरिने छ । नारायणी नदी किनारका लागि महानगरले यसअघि नै २३ करोड रुपियाँको लागत सहितको गुरुयोजना निर्माण गरेकोे थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग