प्रचण्डले प्रधानमन्त्री ओलीलाई लगाएका आरोपहरूको एक–एक प्रकरणको हिसाब किताब मागिनेछ: गगन थापा

२०७७ मङ्सिर ३, बुधबार ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई लगाएका आरोपहरूको सडक र सदनबाट जवाफ माग्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै थापाले भनेका छन्, ‘आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एक–एक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुवैबाट मागिनेछ ।’

केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि विभिन्न आरोप लगाएका थिए ।

‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दररेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितताजस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेकोजस्तो आरोप प्रचण्डको थियो ।

नेकपामा आरोप–प्रत्यारोपमा उठेका विषयहरू नेकपाभित्र दुई ‘पाइलट’को मनमुटाव मात्रको विषय नरहेको भन्दै थापाले अब यो राष्ट्रिय सरोकारको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष