भक्तपुर हत्याका अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल

काठमाडौं, असोज २७ः जग्गा खरिद गर्ने भन्दै हेर्ने बाहानामा एकान्त खेतमा लगेर मरणसन्न हुनेगरी कुटपीट गरी ग्रिनसिटी अस्पतालमा मृत्यु भएका चन्द्रबहादुर योञ्जन हत्याका अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्न सफल भएको छ ।

No description available.

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापाका अनुसार रामेछाप सोनापती गाउँपालिकामा स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण वडा नं. ८ सुडाल बस्ने योञ्जनको पसलमा आएका दुई जना अपरिचित व्यक्तिले बियर सेवन गरी आफन्तलाई जग्गा चाहिएको बताएका थिए ।

जग्गा हेर्ने बहाना बनाई चन्द्रबहादुर योञ्जनलाई एक किलोमिटर टाढा विडोल फाँटको धान खेतमा लगी कुटपिट गरेर योञ्जनको साथमा रहेको सुनको ब्रास्लेट, मोबाइल लुटेर फरार भएका थिए ।

असोज २१ गते कुटपिटबाट घाइते योञ्जनको २२ गते बिहान ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

मरणासन्न हुनेगरी कुटपिट गरी फरार रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भई हाल काठमाडौं थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोक चौतारा घर भई काठमाडौं बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवीखोला घर भई बौद्ध बस्ने प्रेम तामाङलाई विभिन्न ठाउँबाट महाशाखाको टोलीले पक्राउ गरेको हो ।

No description available.

महाशाखाका प्रवक्ता ईश्वर कार्कीका अनुसार मृतक चन्द्रबहादुरसँग शेर्पा भन्ने कामी तामाङले रकम लिनुपर्नेमा रकम दिन आनाकानी गरेका कारण कुटपिट गरेर रकम असुल्ने योजना अनुसार घटना घटाईको अनुसन्धानका क्रममा देखिएको छ ।

शेर्पाले रकम असुल्नको लागि रमेश तामाङलाई बोलाई योजना बनाई असोज २१ गते रमेश तामाङ र प्रेम तामाङ मृतकको पसलमा गएका थिए । १८ गते शेर्पाकै उपस्थितिमा योजना बनाएर योञ्जनको पसलको पहिचान गरेर २१ गते घटना घटाइएको थियो ।

बा ९६ प ७११४ नम्बरको बजाज पल्सर मोटरसाइकलमा अभियुक्त गएका थिए । अभियुक्तले कुनै प्रमाण नछोडेकाले पक्राउ गर्न कठिनाई भएपनि महाशाखाले घटनालाई अत्यन्तै गम्भिरताकासाथ लिएर हप्ता दिन लिएर हप्तादिनको मेहनतपछि पक्राउ गर्न सफलता प्राप्त गरेको हो ।

No description available.

महाशाखाका प्रमुख दिपक थापाका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक निसान थापाको कमाण्डमा पन्ध्र प्रहरी परिचालन गरिएको थियो ।

प्रहरी निरीक्षक एक, प्रहरी नायब निरीक्षक आठ जना, प्रहरी सहायक निरीक्षक एक जना, हवल्दार एक जना र जवान दुई जना अभियुक्तलाई पहिचान गर्न र पक्राउ गर्न खटाईएको थियो ।

अत्यन्तै उत्कृष्ट कार्य गरेको भन्दै  प्रहरीलाई  पुरस्कृत गरिएको कुरा पनि बरिष्ठ उपरीक्षक थापाले बताए ।

अभियुक्तबाट प्रहरीले घटनामा प्रयोग भएको बा ९६ प ७११४ पल्सर मोटरसाइकल मोबाइल फोन सुन बिक्रिबाट प्राप्त १ लाख ५५ हजार मध्ये ५४ हजार ६ सय, रक्स लेखिएको हेलमेट र गालेको सुन १ तोला २ लाल बरामद गरेको छ ।

No description available.

हेलमेटमा रक्स लेखिएको पत्ता लगाई महाशाखाले यो अप्रेशनलाई रक्स नाम दिई सफल अनुसन्धान गरेको छ ।

यो अप्रेशनको सफलतालाई हेर्दा प्रहरीले चाहाँदा जतिसुकै अप्ठ्यारा घटनालाई पनि अनुसन्धान गरी अभियुक्तलाई कानुनको कठघरामा उभ्याउन सक्छ भन्ने प्रमाण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र