सामाजिक सुरक्षा भत्ता कटौती भएको छैन दिनु, यस्तो छ मन्त्रीको पत्र सामान्य प्रशासन मन्त्रालयलाई (पत्रसहित)

असोज १८, काठमाडौं । सामाजिक सुरक्षा भत्ता कटौती भएको छैन दिनु भनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।  चैत्रदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको भन्दै ममन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

 ‘आर्थिक वर्ष २०७७÷७८ को बजेट बक्तव्यमा समेत हालसम्म दिइदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ । गत चैत्रदेखि एकल र अति अशक्त अपांगता भएका व्यक्ति÷वर्गको सामाजिक सुरक्षा भत्ता कटौति भएको भनि राष्ट्रिय अपांग महासंघ–नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यस अघि गृह मन्त्रायलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै